Advertisement

सन्दीप लामिछाने नाबालिका करणी: ‘स्न्यापच्याटबाट डेट बलात्कारपछि ब्लक’

0 158

Advertisement

२३ भदाै, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबर्जस्ती करणी (बलात्कार) को आरोप लागेको छ। १७ वर्षीया एक नाबालिका (किशोरी) माथि बलात्कार भएको भन्दै उनका दाजुले नेपाल प्रहरीको प्रहरी वृत्त गौशालामा मंगलबार सन्दीपविरुद्ध जाहेरी दिएका छन्। बलात्कारपीडित भनिएकी किशोरी स्याङ्जा आरुचौर गाउँपालिका घर भई हाल काठमाडांैको बुढानीलकण्ठ नगरपालिकास्थित एक होस्टेलमा बसेर अध्ययन गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जाहेरीमा घटना भदौ ५ गते भएको भनिएको छ। उक्त दिन सन्दीपले बहिनीलाई काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाउन लगेको र राति काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक जबर्जस्ती करणी गरेको पीडित भनिएकी किशोरीका दाजुले दिएको जाहेरीमा उल्लेख छ। यसरी जाहेरी आएपछि प्रहरीले बुधबारदेखि नै अनुसन्धान थालेको छ। अनुसन्धानका क्रममा सबैभन्दा पहिले पीडित भनिएकी किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा लगेर स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिए। ‘जाहेरी आएपछि अनुसन्धानका विविध विधि र प्रविधिको प्रयोग गरेर अनुसन्धान थालिसकेका छौं,’ उनले भने। यसबारे जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको उनले बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पीडित किशोरीसँग सन्दीपको चिनजान उनकै साथीमार्फत भएको देखिएको स्रोतले जनाएको छ। त्यसपछि उनीहरू सामाजिक सञ्जाल ‘स्न्यापच्याट’मा जोडिएका थिए। स्न्यापच्याटमा कुराकानी बढ्दै गएपछि आफूहरू ‘इन्स्टाग्राम’ र ‘ह्वाट्सएप’मा पनि जोडिएको ती किशोरीले बयान दिएकी छन्। तर बढीजसो कुराकानी स्न्यापच्याटमा नै गर्ने गरेको किशोरीले बताएकी छन्। सोही क्रममा सन्दीपले भदौ ५ गते ‘नगरकोट घुम्न जाऔं’ भनेर बोलाएको बयान दिएको प्रहरी स्रोतले बताएको छ। कुराकानीपछि दुवैजना नगरकोट घुम्न निस्किएको किशोरीको दाबी छ। घुमघामका क्रममा सन्दीपले आफ्नै गाडीमा राखेर होस्टेलसम्म छाडिदिने भन्दै जानाजान ढिला गराएको किशोरीको आरोप छ। सोही क्रममा भक्तपुरमै हुँदा खाजा खाने बहानामा लठ्याउनेगरी नशा (मदिरा) सेवन गराएको आरोप किशोरीले लगाएको प्रहरी स्रोतको भनाइ छ। किशोरीको आरोपअनुसार यसरी होस्टेल जान पनि ढिलो हुने भएपछि सन्दीपले नै ‘होटलमा बसौं’ भनेर प्रस्ताव गरेका थिए। जसमा किशोरीले ‘दुई कोठा बुक गर्न’ भनेकी थिइन्। तर सन्दीपले ‘होटल प्याक रहेको’ भन्दै ‘एउटै कोठामा बस्नुपर्ने’ बाध्यता सुनाएका थिए।

त्यसपछि दुवैजना सिनामंगलको शम्भु मार्गस्थित ‘काठमाडौं इन’ होटेलमा गएका थिए। त्यहाँ कोठा नम्बर ३०५ मा बसेको ती किशोरीले बताएकी छन्। नशाको अवस्थामा आफूलाई सन्दीपले पटकपटक बलात्कार गरेको किशोरीको आरोप छ। त्यो रातपछि सन्दीपले आफूलाई स्न्यापच्याट, इन्स्टाग्राम र ह्वाट्सएप सबैतिर ‘ब्लक’ गरेको ती किशोरीको बयान छ। ब्लक गरिएपछि मानसिक रूपमा विक्षिप्त अवस्थामा आफू पुगेको, साथीलाई घटनाबारे सुनाएको र घटना बाहिर आएको किशोरीको भनाइ छ।

सिसिटिभी फुटेज संकलन

अनुसन्धानकै क्रममा बुधबार प्रहरीले काठमाडौं इन होटलको ‘सिसिटिभी फुटेज’ संकलन गरेको छ। प्रहरी स्रोतका अनुसार किशोरीले दाबी गरेकै समयमा दुवैजना होटलभित्र प्रवेश गरेको र बिहान ६ बजे बाहिरिएको देखिएको छ। तर होटलको अतिथि पुस्तिकामा भने उनीहरूको नाम नभेटिएको प्रहरी स्रोतले जनाएको छ। उता होटल व्यवस्थापनले सन्दीप नियमित ग्राहक भएकाले फोन सम्पर्ककै आधारमा कोठा दिएकाले नाम दर्ता छुटेको हुन सक्ने प्रहरीलाई बयान दिएको छ।

यसबाहेक हालसम्मको प्रहरी अनुसन्धानमा सन्दीपले ती किशोरीलाई पुरानो बानेश्वरबाट आफ्नै गाडीमा राखेर नगरकोट पुर्‍याएको र त्यहाँ आफू सधैंजसो जाने रिसोर्टमा राति ११ बजेसम्म बसेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए। त्यसपछि त्यहाँबाट सिनामंगल बास बसेर बिहान फेरि ६ बजे होटलबाट बाहिरिएर सिधै होस्टलबाहिर किशोरीलाई छाडेर सन्दीप फर्किएको देखिएको छ।

यस्तो गम्भीर आरोप लागेका सन्दीप यतिबेला क्यारिबियन प्रिमियर लिगमा सहभागी हुन वेस्ट इन्डिजमा छन्। यता प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि प्रहरीले सन्दीपको पनि बयान लिनेछ। यसका लागि आवश्यकताअनुसार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी माग गर्ने तयारी प्रहरीको छ। अभियुक्त सन्दीप सहज सम्पर्कमा नआए ‘इन्टरपोल’मार्फत पनि जान सक्ने प्रहरी स्रोतको भनाइ छ। यति गम्भीर आरोप लाग्दा पनि सन्दीपले भने हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.