“आमालाई सम्झदै” – सुमित्रा घिमिरे
सुिमित्रा घिमिरे
११ साउन, काठमाडाैँ ।
पाखा, पखेरा, दाउरा घास गर्दै, आमा तिम्रो जीवतन वितिगाे
तिन छोरा / तिन छोरी जन्माई, आफ्नो बैंश रित्तिगाे
सधैभरी पालन पोषण, अनि सन्तान सबैको पिरयो
आफ्नो इच्छा, चाहना कुल्चेरा नसुतीकन रात गो (१)
हुर्कायौ / बढायौं दश धारा खुवाई, छोरा समर्थ बनायाै
गहभरी आशु बनाई, छोरीलाई अन्माई पठायौं
आँखा तिम्रो कमजोर भईसके, आमा ९० वर्ष पुगेछौ
शरीर पनि सिथिल भइसके, लौरो टेक्न थाले छाै (२)
कहिलेकाहि फोन गर्छु यहाँ बाट, सुन्न तिमिलाई गाह्राे छ
सन्तानको प्रगतिमा खुशी हुने, अहिले आँखाले देख्न गाह्रो छ
सानोमा पनि तिमिले, दुःख र कष्ट पायौ कति
तिमिलाई मुटु दुख्छ बेसरी, आँखा बिझाउथ्यो अति (३)
खानु मिटो / नमिठाे जे मिल्दछ, आफ्नै छाप्रोमा बसी
राख्नु धैर्य ममलामय बनी, छातिलाई दरो कसी
छोरा/छोरी, नाति नातिना, फैलिएका छन् चारैतिर
तिम्रो सृष्टी सफल छ, सधैभरी गौरव गर (४)
लेखिकाः सुमित्रा घिमिरे