Advertisement

स्थानीय तहमा बेथिति : रुकुमपश्चिम र सल्यानका १६ स्थानीय तहमा ४४ करोडभन्दा बढी बेरुजु

0 92

Advertisement

३१ असार, काठमाडाैँ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७७/७८ मा सल्यान र रुकुम पश्चिमका १६ वटा स्थानीय तहमा ४४ करोडभन्दा बढी रकम बेरुजु देखिएको छ । रुकुम पश्चिमका ६ वटा पालिकाका १० करोड ५१ लाख २० हजार रुपैयाँ बेरुजु देखिएको छ भने सल्यानका १० वटा पालिकामा ३३ करोड ७१ लाख ८० हजार बेरुजु देखिएको हो ।

प्रतिवेदन अनुसार सल्यानको त्रिवेणी गाउँपालिकाको ८१ करोड ९२ लाख ६ हजार रुपैयाँको लेखा परीक्षणमध्ये ३ करोड ४५ लाख ३० हजार अर्थात् ४ दशमलव २२ प्रतिशत बेरुजु देखिएको छ । यस्तै शारदा नगरपालिकाले १ अर्ब ३४ करोड ५५ लाख ६ हजार लेखा परीक्षण गरेकोमा १ करोड ५४ लाख ५८ हजार अर्थात् १ दशमलव १५ प्रतिशत बेरुजु देखिएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाको १ अर्ब १९ करोड ८६ लाख ४९ हजार लेखा परीक्षण गर्दा ३ करोड ५९ लाख १८ हजार बेरुजु देखिएको छ । यस्तै, बागचौर नगरपालिकाको ६ करोड ११ लाख ८५ हजार, कपुरकोट गाउँपालिकाको २ करोड ३ लाख ८५ हजार, दार्मा गाउँपालिकाको २ करोड ८७ लाख १६ हजार रकम बेरुजु देखिएको छ ।

कालीमाटी गाउँपालिकाको ४ करोड २६ लाख ७५ हजार, कुमाख गाउँपालिकाको ४ करोडभन्दा बढी र छत्रेश्वरीको ३ करोड ७३ लाख ३० हजार बेरुजु रकम देखिएको छ । प्रतिवेदन अनुसार सिद्ध कुमाख गाउँपालिकाको १ करोड ८३ लाख १२ हजार अर्थात् २ दशमलव ८९ प्रतिशत बेरुजु देखिएको छ ।

६ वटा पालिका रहेको रुकुम पश्चिमका पनि बेरुजु रकम धेरै नै छ । ८ अर्ब ३४ करोड ११ लाख ६१ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा १.२६ प्रतिशत रकम बेरुजु देखिएको हो ।

जिल्लाको आठबीसकोट नगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । यो पालिकाको बेरुजु रकम ३ करोड ६६ लाख ७८ हजार छ । यस्तै मुसिकोट नगरपालिकाको ४५ लाख ८४ हजार, चौरजहारीको ३ करोड १५ लाख १ हजार रकम बेरुजु देखिएको छ ।

तीन वटा पालिकामध्ये बाँफिकोटको ६१ लाख ७५ हजार बेरुजु आएको छ भने त्रिवेणी गाउँपालिकाको बेरुजु १ करोड ४५ लाख ५३ हजार छ । यस्तै, सानीभेरी गाउँपालिकामा १ करोड १६ लाख ११ हजार बेरुजु आएको छ । यो पालिकाको कुल १ अर्ब १४ करोड ४६ लाख ६८ हजारको लेखापरीक्षण गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.