लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा
२१ असार, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा
सोमबार नयाँ शाखा विस्तार गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार
गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो ।
यो संगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।