Advertisement

नयाँ लुक्स र फिचरसहित सार्वजनिक, नेपालमा कहिले आउला ?

0 107

Advertisement

२० असार, काठमाडौं । केहि बर्षदेखि गाडी पारखिको रोजाइमा पर्दै आएको गाडी हो भिटारा ब्रेजा । सडकमा सबैभन्दा बढी देखिने गाडी मध्ये सुजुकीको ब्रेजापनि पर्छ ।

उत्कृष्ट डिजाइन, पावर, ग्राहक मैत्री र मूल्यका कारणपनी नेपालमा सुजुकी ब्रेजा छिट्टै सफल हुने मोडल मध्यमा पर्यो ।

अब झन अपग्रेड भएर आउने भएपनि नेपालमा यो गाडी प्रतिक्षा गरिएको छ । भारतमा हालै सुजुकी भिटारा ब्रेजा नयाँ भर्सनमा सार्वजनिक भएसँगै नेपालमापनि सिजी होल्डीङ्सले नाडा अटोसो अघि ल्याउने तयारी गरेको छ ।

पहिलेको पराना भर्सनलाई इन्टेरियर र एक्सटेयिर दुबै तर्फ परिवर्तन गरेर भारतमा यो गाडी सार्वजनिक गरिएको हो ।

बिशेषता ?

ब्रेजामा १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ, जसले १०३ एचपी पावर र १३६ एनएम टर्क जेनेरेट गर्छ । यो ५–स्पिड म्यानुअल र ६–स्पिड अटोमेटिक गियरबक्समा देखिएको छ ।

गाडीलाई सुरक्षा तर्फपनि अब्बल बनाइएको छ । सुरक्षा तर्फ ड्युअल एयरब्याग हुनेछ भने जेडएक्सआई प्लस भेरिएन्टमा ६ एयरब्याग रहेको छ । ।

त्यसैगरी हिलहोल्ड असिस्ट सहित स्ट्यान्डर्ड इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम अर्थात ईएसपी समेत रहेको छ ।
नयाँ बडी कलर, रिडिजाइन गरिएको ग्रिल, ट्विन सी–सेप्ड डीआरएल सहितको न्यु अल–एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प, न्यु ड्युअल टोन अलोय ह्विल लगाएत यो गाडीको महत्वपूर्ण फिचर हनु ।

इन्टेरियर

नयाँ जेनेरेशन ब्रेजामा पहिलो पटक सनरुफ दिइएको छ भने ड्यासबोर्डमा पनि ब्यापक परिमार्जन गरिएको छ ।
मारुती सुजुकीले ब्रेजामा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस स्टार्ट/स्टप बटन, हेडअप डिस्प्ले र फ्ल्याट बटम स्टेयरिङ दिइएको छ ।

नेपालमा यो गाडी नाडा अटो सोमा भित्र्याउने कम्पनीको तयारी छ । सुजुकी ब्रेजा नयाँ भर्सनमा इन्टेरियर र एक्सटेरियर दुबैमा परिवर्तन गरिएको छ जस अनुसार भित्रि भागमा अझै प्रविधि मैत्री बनाइएको छ ।

नयाँ भर्सन सहितको यो गाडीको आकार पहिलेको जस्तै भएपनि उचाई भने ४५ एमएम बढी छ । ब्रेजा म्यानुअल र अटोमेटिक गरी ६ भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसमा एलएक्सआई, भीएक्सआई, भीएक्सआई , जेडएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस भेरियन्टम रहेका छन ।

मूल्य ?

भारतिय बजारमा नयाँ जेनेरेशन ब्रेजालाई कम्पनीले विभिन्न ६ भेरियन्टमा बजारमा उपलब्ध गराएको छ । अटोमेटीक गियरबक्समा भने ५ भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले ब्रेजाको नयाँ गाडीको सुरुवाती मुल्य ७ लाखदेखि १३ लाखसम्म तोकेको छ ।

नेपाली बजारमा यो गाडी मूल्य ५० लाख माथिबाटै सुरु हुने अनुमान गरिएको छ । नेपालमा ब्रेजा नयाँ जेनेरेशनले फ्रोड इकोस्पोट, हुन्डाइ भेन्यु, टाटा नेक्सन, महिन्द्रा एक्युभि ३०० लगाएतका गाडीसँग प्रतिस्पर्धा गर्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.