Advertisement

मेलम्ची क्षेत्रमा भारी बर्षा, अति उच्च सतर्कता अपनाउन अनुरोध

0 61

Advertisement

१८ असार, काठमाडौ । सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटे लगायत धेरै स्थानमा भारी बर्षा भएको छ । त्यसक्षेत्रमा राखिएको बाढी मापन केन्द्रले बाढीको उच्च मापन गरेसँगै अति उच्च सतर्कता अपनाउन बाढी पुर्वनुमान महाशाखाले अनुरोध गरेको छ । 

मेल्म्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह शुक्रबार साँझ भन्दा १.५ मिटरले बढेकाले मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै महाशाखाले विहानै सूचना जारी गरेको छ । 

सामाजिक सञ्जाल र मोवाइलमा एसएमएसबाट सूचना जारी गर्दै विहान १० बजे सम्म ‍अति उच्च सतर्कता अपनाउन भनेको छ । साता देखि लगातार परेको पानी शुक्रबार दिउँसो सामान्य रोकिएपनि पुनःरातीबाट निरन्तर पर्दै आएको छ । अझै पनि देशभर केही दिन बर्षा नरोकिने मौसम पुर्वनुमान महाशाखाले जनाएको छ । 

यता निरन्तरको बर्षाले कोशी नदी अन्तर्गत भोजपुर र झापाको सनिश्चरेमा पानीको सतह बढ्दा सतर्कता तह पार गरेको छ । 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.