Advertisement

अमेरिकाले चिनियाँ सामानमा अतिरिक्त कर हटाए दुवै देशलाई फाइदा : चिनियाँ पक्ष

0 100

Advertisement

१० असर, काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा दुवै देशलाई फाइदा हुने चीनले बताएको छ।

‘अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा अमेरिका, चीनलगायत समग्र विश्वलाई फाइदा पुग्नेछ,’ चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार भनेको छ, ‘बढ्दो मुद्रास्फीतिको वर्तमान स्थितिलाई ध्यानमा राख्दै अमेरिकी पक्षले चिनियाँ मालहरूमा आफ्नो अतिरिक्त कर जति छिटो हटाउँछ, त्यति नै चाँडो उपभोक्ता तथा व्यवसायहरूले लाभ उठाउनेछन्।’

दुवै पक्षको जीतको अवस्था र समाधानको मध्यबिन्दु खोजेर आर्थिक तथा व्यापार सहयोगका लागि वातावरण र परिस्थिति सिर्जना गर्न संयुक्त प्रयास गर्नुपर्ने उनले बताए।

दुई देश र विश्वका जनतालाई लाभ पुर्‍याउन विश्वव्यापी औद्योगिक तथा आपूर्ति श्रृंखलाहरूको स्थिरता कायम राख्नुपर्नेमा उनले जोड दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.