Advertisement

क्यानडामा ‘ह्यान्ड गन’विरुद्ध कडा कानुन ल्याइँदै

0 108

Advertisement

१८ जेठ, टोरन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मुलुकमा सम्पूर्ण हयान्डगनको खरिद र बिक्रीमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्ने विचार व्यक्त गरेका छन् । उनको सरकारले कसैले पनि कुनै पनि प्रकारका बन्दुक निजी स्वामित्वमा राख्न नपाउने नयाँ कानुन लागु गर्न लागेको छ ।

नयाँ कानुनले तत्कालै ह्यान्डगनको स्वामित्वमा नभई अबदेखि त्यस्ता हतियार खरिदलाई अवैध ठहर गर्न लागेको बताइएको छ । अमेरिकाको टेक्सासस्थित एउटा प्राथमिक विद्यालयमा दुई शिक्षिका र १९ जना बालबालिकाको ज्यान जानेगरी गोलीकाण्ड भएको केही दिनपछि क्यानडाका प्रधानमन्त्रीले यस्तो प्रस्ताव अघि सारेका हुन् ।

सोमबार क्यानडाको संसद्मा पेस गरिएको यस विधेयकअनुसार मुलकमा हयान्डगन खरिद, बिक्री, हस्तान्तरण वा कतैबाट आयात गर्न असम्भव हुने भएको छ ।

ट्रुडोले पत्रकारहरूलाई भनेका छन्, “खेलकुदको निशानबाजी र शिकारका लागि बाहेक क्यानडामा कसैलाई नियमित जीवनमा बन्दुकको कुनै आवश्यकता नै छैन । बन्दुकको कारण निरन्तर हिंसा बढिरहेको हामीले देखिरहेका छौँ, त्यसैले यो कदम उठाउनु हाम्रो कर्तव्य हो ।”

यसअघि नै अन्य छिमेकी मुलुकका तुलनामा क्यानडामा बन्दुकसम्बन्धी नियम कानुन कडा थिए ।

BBC



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.