Advertisement

डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरुका लागि छुट्टै विद्यालय निर्माण

0 154

Advertisement

०९ जेष्ठ, काठमाडाैं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरुका लागि छुट्टै विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ । स्कुल फर स्पेसल नाउँ दिईएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गरिनेछ भने डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र बृद्धिका लागि विशेष सहयोग समेत गरिनेछ ।

आगामी आषाढ ४ अर्थात जुन १८, २०२२ को शनिवार पाँच तारे होटल, दि मल्ल होटलमा एक विशेष कार्निभल आयोजना गरिने भएको हो । ”जुन वियर कार्निभल”को नाउँमा आयोजना हुने यो कार्यक्रम वियर फेष्टिभल र पारीवारीक कार्निभलको संयुक्त रुप हुनेछ । यस कार्निभलको आयोजनाको लागि निःशुल्क रुपमा होटल उपलब्ध गराएर दि होटल मल्ल स्कुल फर स्पेसल परियोजनामा सहकार्यको हात बढाएको हो । दि मल्ल होटलकी एशोसिएट डाईरेक्टर अनुस्का मल्लले राउण्ड टेबल नेपालको यस योजनामा सहभागि हुन पाउँदा आफु हर्षित भएको बताउँदै यस कार्यक्रमको सफलताका लागि सबैखाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

डाउन सिन्ड्रोम तथा अटिजम प्रति जनचेतना अभिबृद्धि गर्दै यस्ता फरक क्षमता भएका बालबालिकाहरुको शिक्षा तथा बैयक्तिक विकासमा सहयोगि बन्ने अभिप्रायका साथ राउण्ड टेबलले यूवा लक्षित कार्यक्रमको आयोजना गर्ने भएको हो । यस कार्यक्रमबाट भएको आम्दानिको शत्प्रतिशत रकम डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाको शिक्षामा खर्च गरिने आयोजक संस्थाका शरद केडियाले बताएका छन् । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाको शिक्षा र मनोरञ्जनका लागि काम गर्ने हाम्रो योजनाको बृहत्तर योजनाको यो पहिलो पाईला भएको बताउँदै अध्यक्ष्य केडियाले थप विभिन्न कार्यक्रमहरु भविष्यमा गरिने योजना रहेको समेत बताए ।

स्कुल फर स्पेसल परियोजनमा सहकार्य वा सहयोग गर्न चाहने जो कोही ब्याक्ति वा संस्थाले राउण्ड टेबल ९८०२३२२७२२ मा सोझै सम्पर्क राख्न सक्नुहुनेछ ।

किन बच्चाको शिक्षाका लागि किन वियर फेष्टिभल ?

आजका यूवालाई बालबालिकासँग जोड्न सजिलो छैन त्यसमाथि पनि डाउन सिन्ड्रोम तथ अटिजम जस्तो विशेष अवस्था भएका बालबालिका सन्दर्भमा यूवालाई चेतनशिल बनाउन पर्याप्त संसाधनहरु नभएको परिप्रेक्ष्यमा यूवाको रोजाईमा पर्ने विषय सँग जोड्ने प्रयत्न गरिएको हो । जसमा खान, पेय र पारिवारीक मनोरञ्जन एकसाथ आउने छन् ।

के हो राउण्ड टेबल नेपाल ?

सन् १९२७ मा ब्रिटेनमा स्थापना भएको राउण्ड टेबल इन्टरनेशनललाई सि. के. गोल्छाले १९८९ मा नेपाल भित्र्याएका थिए । यूवा उद्यमीहरुको सामाजिक संस्थाको रुपमा पहिचान पाएको राउण्ड टेबल नेपाल सक्रिय सामाजिक सेवामा सदैब तत्पर रहँदै आएको छ । ३६ हजार भन्दा बढी विद्यार्थि लाभान्वित हुनेगरी नेपाल भरका २६ विद्यालयहरुमा १७० भन्दा बढी कक्षा कोठा निर्माणमा सघाउ पु¥याई सकेको राउण्ड टेबलले संचालनमा ल्याने परियोजना स्कुल फर स्पेशल आनो फ्रिडम थ्रु एजुकेशनकै एक्सटेन्सन हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.