Advertisement

स्थानीय तहमा टिकट पाउन पार्टी भित्रै होडबाजी

0 277

Advertisement

२९ चैत, काठमाडौं । सामाजिक संजालमा मधुवन नगरपालिकाका नगर प्रमुख कृष्ण केसीलाई टिकट सुनिश्चित भएको भन्दै धमाधम सामाजिक संजालमा बधाईको ओइरो छ। विशेष अवस्थामा मात्र टिकट दोहोर्‍याउने भनेर नेकपा माओवादी पार्टीले मापदण्ड बनाएको छ।

जनतामाझ लोकप्रिय मानिएका केसी पुनः नगर प्रमुखमा टिकट दोहोर्‍याउन चाहन्छन्। गठबन्धन भए मधुवन नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादीका नेता लक्ष्मी शर्मा आकांक्षी देखिएका छन्। आकांक्षी शर्माले गठबन्धन भए मात्र मधुवन नगरपालिका जित्न सक्ने कार्यकर्ताको आंकलन छ।

गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवका शुभेच्छुक तथा नेपाली कांग्रेसका कार्यकर्ताले यादवलाई टिकट नदिए अर्को पार्टीको पोल्टामा जित सुनिश्चित हुने दाबी गरेका छन्। मधेशी समुदायका रहेको गुलरिया नगरपालिका नेपाली कांग्रेसबाट यादवले टिकट पाए जित सुनिश्चित हुने दाबी गर्छन्। पार्टी नेतालाई बेवास्ता गरेको भन्दै यादवसँग असन्तुष्टी जनाउनेको पनि कमि छैन। गुलरिया नगरपालिकामा बिजयदत्त देवको साबित्री गौतम र सुभाष पोख्रेल लगायत आकांक्षी भएको नगरमा चर्चा छ। नेपाली कांग्रेस गुलरिया नगर कार्यसमितिले १० जना बढीको नगरप्रमुख सिफारिस गरेको छ।

राजापुर नगरपालिकामा नेकपा माओवादीका प्रदेश सांसद राजेश थारु नगर प्रमुखमा आकांक्षी हुन। तर,नगर प्रमुख शिबप्रसाद थारु दोहरिन खोजिरहेका छन्। राजापुरमा नेकपा माओवादीमा आन्तरिक प्रतिस्पर्धा चुलिएको छ।

बाँसगढी नगरपालिका एमालेका नगर प्रमुख शालिकराम अधिकारी अर्कैलाई छोड्ने चर्चा छ। तर, एमालेको तर्फबाट बाँसगढी नगरपालिकामा खड्कबहादुर खड्काको नगर प्रमुखमा प्रमुख दाबेदारी छ।

बारबर्दियाका नगर प्रमुख दुर्गाबहादुर थारु कार्यकर्ता माझ पुनः नगर प्रमुखमा दोहोरिने दाबी गरिरहेको कार्यकर्ता बताउँछन्। पार्टीले दोहोर्‍याउनै नीति ल्याए त्यसको असर थारुलाई पर्छ। अस्पताल बनाउन नगरपालिकाले दान दिएको जग्गामा नगर प्रमुख थारुले दातासँग बार्गेनिङ गरेर जग्गा प्राप्त गरेको आरोप छ। नगरप्रमुख थारुले कार्यकालभरि निर्माण व्यवसायीसँगको साँठगाँठमा वा साझेदारीमा नदी जन्य पदार्थ चरम दुरुपयोग गरेको अर्को आरोप छ। नेकपा माओवादीकी बारबर्दियामा उप–प्रमुख अन्जु दहित अर्को नगर प्रमुखको आकांक्षी देखिएका छन्।

दहितको पति कर्णाली प्रदेशका मन्त्री अनल शर्माका कारण बलियो भएको आंकलन छ। गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह केसी पनि दोहोरिने दाउमा छन्। तर नेपाली कांग्रेसबाट केसी र अर्का अध्यक्ष आकांक्षी कमल रेग्मीको चर्चा छ। एमालेबाट निर्वाचित बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ र ठाकुरबाबा नगरपालिका नगर प्रमुख घन नारायण श्रेष्ठ पर्ख र हेर भन्ने नीति अघि सारेका छन्। गठबन्धन भएमा अध्यक्ष र नगर प्रमुखले अर्केलाई उम्मेदवारी दिने कार्यकर्ताको अनुमान छ। बढैयातालका अध्यक्ष श्रेष्ठ एमालेका जिल्ला अध्यक्ष हुन्।

बर्दिया जिल्लाको ६ नगरपालिका र २ गाउँमा मेयरका आकांक्षीहरुको पार्टीभित्रै टिकटका लागि हानथाप सुरु भएको छ।

स्थानीय तहको निर्वाचन मिति घोषणभएसँगै आकांक्षीहरु नाम मुख्य गरी तीन दलका दर्जनभन्दा बढीको नाम चर्चामा छ।

आकांक्षीको चर्चासगै टिकटका लागि पार्टिीभित्रै लबिङ सुरु भएको छ। नेता तथा कायकर्ता चुनावी माहोल बनाउन वडा भेला, चुनावी सभामा सरिक भएका छन्।

स्थानीय निर्वाचनमा गुलरिया नगरपालिका विजयी हुनका लागि वडा भेला र चुनावी माहोलमा सवै तहतप्काका कार्यकर्ता लागिपरेको एमालेका नगर अध्यक्ष अंमरबहादुर खड्काले बताए। ‘टिकटका लागि लबिङ सुरु भएपनि अहिले वडा भेला, चुनावी सभामा सबै व्यस्त छन्,’ उनले भने,’स्थानीयतहको निर्वाचनमा आफ्नो पोल्टामा लोकप्रिय उम्मेदवार छनोट सबैलाई मान्य हुन्छ।’

नगरपालिकामा मेयर र गाउँपालिकामा टिकट कस्ले हात पार्ला भन्ने काैतुहलता पनि उत्तिकै बढ्दै गएको छ। चुनावको टिकह हात पार्न नेता तथा कार्यकर्ताहरू दौडाहामा छन्। दिनहुँजसो विभिन्न ठाउँमा दलहरूले कार्यक्रम सञ्चालन गरिरहेका छन्। मत माग्दै दलका नेताहरू सुकुम्बासी बस्ती, मुक्त कमैया र बाढीपीडित बस्तीमा पुग्न थालेका छन्।

आकांक्षीहरू धेरै भएकाले आन्तरिक छलफलमा जुटेको माओवादीका लुम्बिनी प्रदेश सदस्य सुरेश पन्थले बताए। ‘केही दिनपछि उम्मेदवारकै नाम सार्वजनिक गर्छौं,’उनले भने,’अहिले केही भन्न मिल्दैन।’ पार्टीले सकुलर गरेको निश्चित मापदण्ड पुरा गरेका उम्मेदवार छनोट हुने उनको भनाई छ। नागरिक दैनिक



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.