Advertisement

युक्रेनलाई छिमेकीअरू देशहरूबाट हतियार सहयोग

0 143

Advertisement

२८ चैत, काठमाडौं । रूसले युक्रेनमा अतिक्रमण गरेको ६ साता बितेको छ । रूसी हमलाको प्रतिकार गर्न युक्रेनले छिमेकी देशहरूसँग हतियार सहयोग माग गर्दै आएको छ ।

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले नेटोको मुख्यालयमा फेरि अर्को अनुरोध गरेका छन् । उनले विमानहरू, बख्तरबंद सवारी साधनहरू, वायु रक्षा प्रणाली र भूमिमा आधारित एन्टी–शिप मिसाइलहरू माग गर्दै आएका छन् ।

उनको मागपछि नेटोको सदस्य स्लोभाकियाले एस–३०० वायु रक्ष प्रणाली युक्रेनलाई सहयोग गर्ने प्रधानमन्त्री इडुवार्ड हेगरले बताएका छन् ।

किभलाई ३० देशहरूले सैन्य सहयोग गर्ने अमेरिकाले बताइरहेको भोलिपल्ट स्लोभाकियाले हतियार प्रदान गर्ने घोषणा गरेको हो । यसअघि अस्ट्रेलियाले पनि युक्रेनलाई हतियार उपलब्ध गराउने घोषणा गरेको थियो ।

‘म यो पुष्टि गर्न चाहन्छु, स्लोभाकियाले युक्रेनलाई हवाई रक्षा प्रणाली एस–३०० उपलब्ध गराएको छ । युक्रेनले बहादुरीका साथ आफ्नो सार्वभौम देशको रक्षा गर्दैछ । सहयोग गर्नु हाम्रो कर्तव्य हो’, प्रधानमन्त्रीले ट्विट गरेका छन् ।

बेलायती प्रधानमन्त्री जोनसन किभमा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग राजधानी किभमा वार्ता गरेका छन् । सो भ्रमण युक्रेनी जनतासँग ‘एकताको प्रदर्शन’ भएको बेलायतको प्रधानमन्त्रीको कार्यलय डाउनिङ स्ट्रिटले जनाएको छ ।

बैठकपछि, डाउनिङ स्ट्रिटले युक्रेनलाई सहयोग गर्न बेलायतले १२० गाडी र एन्टी–सिप मिसाइल प्रणाली पठाउने बताएको छ ।जोनसनको किभ भ्रमणको अग्रिम घोषणा गरिएको थिएन ।

राष्ट्रपतिसँग उनको भेटको तस्बिर लन्डनस्थित युक्रेनी दूताबासले सार्वजनिक गरेको थियो । डाउनिङ स्ट्रिटका प्रवक्ताले भने, ‘प्रधानमन्त्री युक्रेनी जनतासँग ऐक्यबद्धता प्रकट गर्न राष्ट्रपति जेलेन्स्कीलाई व्यक्तिगत रूपमा भेट्न युक्रेन गएका छन् । ’

बैठक पछि एक विज्ञप्तिमा जोनसनले ‘राष्ट्रपति जेलेन्स्कीको दृढ नेतृत्व र युक्रेनी जनताको वीरता र साहस’को प्रशंसा गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनले बाधाहरूलाई अस्वीकार गरेको छ र रूसी सेनाहरूलाई किभको ढोकाबाट पछाडि धकेलिदिएको छ ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.