Advertisement

ग्यास पड्किँदा ३ बालबालिकाको मृत्यु

0 257

Advertisement

२१ चैत, सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको लामा टोलमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ। स्थानीयवासी मीनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आइतबार बेलुकी ७ बजेतिर ग्यास पड्किएको हो।

त्यसपछि आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक तामाङ, भाइ कुमार तामाङका ६ वर्षका छोरा सरगम तामाङ र छिमेकी पदम तामाङकी साढे २ वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको वडाध्यक्ष सुरज लामाले बताए।

लामाका अनुसार आगोमा जलेर उनीहरूको घरभित्रै ज्यान गएको हो। मीनबहादुर घाइते छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको लामाले बताए। घटना आइतबार बेलुकी ७ बजेतिर भएको स्थानीयले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.