Advertisement

एचआईभीको नयाँ भेरिएन्ट भेटियाे, पुरानो भन्दा निकै तीव्र गतिमा फैलने

0 233

Advertisement


२३ माघ, एजेन्सी । नेदरल्याण्डमा एचआईभीको नयाँ भेरिएन्ट भेटिएको छ । नयाँ भेरिएन्ट भीबी पुरानो भन्दा निकै तीव्र गतिमा फैलने र शरीरको प्रतिरोधात्मक क्षमतालाई छिटै नोक्सान पु¥याउने जनाइएको छ ।

नेदरल्याण्डमा मात्रै एक सय ९ जनामा नयाँ भेरिएन्ट देखिएको छ । अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनमा नेदरल्याण्डमा भेटिएको एचआईभीको नयाँ भेरिएन्ट निकै खतरनाक रहेको उल्लेख छ ।

संक्रमितको रगतमा भाइरसको मात्रा पहिले भन्दा साढे तीनदेखि साढे पाँच प्रतिशतसम्म धेरै रहेको पाइएको र रोग प्रतिरोधात्मक क्षमता निकै गुमाएको पाइएको छ । तर उपचारपछि संक्रमितको अवस्थामा धेरै सुधार भइरहेको पाइएकाले धेरै चिन्तित हुनु नपर्ने अक्सफोर्डका इपिडिमियोलोजिस्ट र अध्ययनको नेतृत्व गरेका क्रिस भायमेन्टले बताएका छन् ।

एचआईभीको औषधि खान छाडेका र बृद्ध मानिसमा यसले छिटो असर गर्ने उनको भनाइ छ । नयाँ भेरिएन्ट सन् १९८० मा नै उत्पन्न भएर सन् २०१० देखि घट्दै गएको र अहिले फेरि देखिएको हुनुसक्ने जनस्वास्थ्य वैज्ञानिकहरुले अनुमान गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.