Advertisement

भारु ३ करोडभन्दा माथिको सामान आयात गर्दा एलसी अनिवार्य

0 500

Advertisement

१८ पुष, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरेको छ । शुक्रबार एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो। अब भारु ३ करोडभन्दा माथिको सामान आयात गर्दा अनिवार्य रुपमा एलसी खोल्नुपर्ने छ।

यसरी एलसी, ड्राफ्ट वा टीटीका माध्यमबाट सामान आयात गर्दा प्रचलित व्यवस्थाबमोजिम २ वा १० प्रतिशत धरौटी लिनुपर्ने र सो रकमबाट भन्सार महसुल बुझाउने प्रयोजनका लागि आयातकर्ताको अनुरोधमा चेक उपलब्ध गराउन सकिने व्यव्स्था पनि राष्ट्र बैंकले गरेको छ। तर, विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत हुने आयातको हकमा चेक जारी गर्न नपाइने व्यवस्था गरिएको छ। उल्लिखित धरौटी रकम भने लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

यस्तै नेपाली नागरिक तथा नेपालमा विधिवत दर्ता भएका फर्म, कम्पनी, संघसंस्थाले भारतस्थित नियोग, संघसंस्था, कम्पनीसँग लिने विभिन्न सेवा शुल्क भुक्तानीका लागि भारु ३ लाखसम्मको सटही सुविधा वाणिज्य बैंकहरुबाट प्रदान गर्न सकिने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको छ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.