Advertisement

जाडो बढ्दै गएपछि स्थानीय तहद्वारा विद्यालय बन्द

0 252

Advertisement

१८ पुस, काभ्रेपलाञ्चोक । जाडो बढ्दै गएपछि काभ्रेपलाञ्चोकको स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन् । चार दिनअघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिइसकेका छन् ।

तेमाल गाउँपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको जनाउँदै आजदेखि एक हप्ताका लागि आफ्नो क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकालद्वारा जारी सूचनामा विद्यालय आउने बालबालिकामा चिसो बढिरहेकाले पठनपाठनमा कठिनाई हुँदै गएकाले गाउँपालिकाद्वारा एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।

यस्तै, रोशी गाउँपालिकाले गत शुक्रबारदेखि दश दिनका लागि विद्यालय बन्द गराएको छ । शिक्षा शाखा अधिकृत रामबहादुर तामाङका अनुसार प्रतिकूल मौसमका कारण विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले चिसोबाट बालबालिकामा हुने स्वास्थ्य जोखिमबाट बच्न दश दिनका लागि विद्यालयमा पठनपाठन बन्द गराइएको हो ।

धुलिखेल नगरपालिकाले पनि गत बिहीबारदेखि आफ्नो क्षेत्रका विद्यालय एक हप्ताका लागि बन्द गराएको छ । गत मङ्गलबार र बुधबारको वर्षापछि चिसो बढेको जनाउँदै नगरपालिकाद्वारा जारी सूचनामा तापमान न्यून भई जाडो बढिरहेकाले सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न आग्रह गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.