Advertisement

कांग्रेस सहमहामन्त्रीमा त्रय उपाध्याय, परियार र आङ्दाम्बे विजयी

0 545

Advertisement

०२ पाैष, काठमाडौं । नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी हुनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याउनुभएको छ । महिलातर्फ कूल चार हजार ६५० मत खसेकामा ५४ मत बजर भएको कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिनुभयो ।

यसैगरी दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी हुनुभएको छ । उहाँ दुई हजार २१२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी मानबहादुर विश्वकर्माले दुई हजार १७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गर्नुभएको छ । दलिततर्फ कूल चार हजार ६७० मत खसेको थियो ।

त्यस्तै कांग्रेसको जनजाति क्लस्टरअन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे दुई हजार ७११ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी विकास लामाले एक हजार ९१३ मत प्राप्त गर्नुभएको छ । आदिवासी जनजातीतर्फ कूल चार हजार ६८१ मत खसेको थियो । कांग्रेसको सभापतिबाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.