Advertisement

बैंकहरूले अब कर्जाको ब्याजदर मनलाग्दी बढाउन नपाउने, राष्ट्र बैंकले संशोधन गर्‍यो निर्देशिका

0 252

Advertisement

०२ पाैष, काठमाडौं । कर्जा ब्याजदर जतिसुकै बेला मनलाग्दी बढाउने गरेका बैंकहरूले अब उप्रान्त त्यसो गर्न नपाउने भएका छन् । बैंकहरूले विभिन्न वहाना देखाएर ऋणीलाई दुःख दिन थालेपछि नेपाल राष्ट्र बैंकले निश्चित समयसम्म ब्याजदर नबढ्ने गरी दिएको कर्जामा मनलाग्दी ब्याज लिन नपाइने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ गरी तीनवटै वर्गका इजाजतप्राप्त संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गरेको हो । यसअघि कर्जा अवधिभर परिवर्तन नहुनेगरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलोपटक सात र त्यसपछि प्रत्येक पाँच वर्षमा ब्याजदर पुनरावलोकन गर्न सकिने व्यवस्था थियो । यो व्यवस्थामा नयाँ बुँदा थप गर्दै राष्ट्र बैंकले अन्य कुनै कारण देखाएर कर्जाको ब्याज परिवर्तन नपाइने संशोधित व्यवस्था गरेको छ ।
यस्तै, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले धितो मूल्याङ्कन गराउने प्रयोजनका लागि मूल्यांकनकर्ता सूचीकृत गर्दा मुल्याङ्कनकर्ताको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्व स्पष्ट रुपमा उल्लेख गरी सम्झौता गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा ग्राह्य हुने सम्पत्तिको मूल्याङ्कन गराउँदा मूल्याङ्कनकर्ताले कुनै स्वार्थ नबाझिने गरी वा पूर्वाग्रह नराखी स्वतन्त्र रूपमा, अन्तर्राष्ट्रिय मान्यता र असल अभ्यासहरू समेतका आधारमा धितोको मूल्याङ्कन गरेको एकीन गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले तोकिदिएको छ ।

बैंकहरूको कर्जा निक्षेप अनुपात बढी भएमा तोकिएको कर्जा–निक्षेप अनुपातको अनुपालनाको लागि मासिक रूपमा अनुगमन हुने गरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्नुपर्ने पनि केन्द्रीय बैंकले जनाएको छ । वि.सं. २०७९ असार मसान्तसम्ममा यस अनुपातलाई निर्धारित सीमा भित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्न नियामक केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
बैंकहरूले पर्याप्त रकम (तरलता) हुँदा ऋणीहरूलाई बोलाइबोलाइ ऋण दिने र तरलता घटेका बेला मनलाग्दी ब्याजदर संशोधन गर्ने गरेका थिए । कर्जा लिएकाहरुलाई विभिन्न वहानामा नयाँ सम्झौता गर्न बाध्य पारेर ब्याजदर बढाउने काम बैंकहरूले पछिल्लो समयमा पनि गरिरहेका छन् । बैंकहरूको यस्तो प्रवृत्तिलाई निरुत्साहित बनाउन केन्द्रीय बैंकहरूले ऋणीलाई सहज हुनेगरी एकीकृत निर्देशिका संशोधन गरेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.