Advertisement

सन् २०२१ काे अन्तिम सूर्यग्रहण, कहाँ-कहाँबाट देखिन्छ ?

0 548

Advertisement

१८ मंसिर, काठमाडौं । आज मंसिर १८ गते शनिबार (डिसेम्बर ४) का दिन सूर्यग्रहण लाग्दै छ । पञ्चाङका अनुसार यो सूर्य ग्रहण मार्गशीर्ष मासको अमावश्याका दिन लाग्न गइरहेको छ । यो ग्रहण वृश्चिक राशि तथा ज्येष्ठा नक्षत्रमा लाग्नेछ । यो अंग्रेजी वर्ष २०२१ को अन्तिम ग्रहण हो ।

यो सूर्यग्रहण अन्टार्टिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, दक्षिण अमेरिका तथा एटलान्टिकको दक्षिणी भागबाट मात्र देखिनेछ । यो ग्रहण नेपालमा नदेखिने हुँदा यसको सूतक बारिरहनु पर्दैन । सूर्यग्रहणको समय २०२१ को पहिलो सूर्यग्रहण जेठ २७ गते बिहीबार (१० जुन) मा लागेको थियो ।

आज (शनिबार) लाग्ने यो सूर्य ग्रहण अंग्रेजी वर्ष २०२१ को दोस्रो सूर्यग्रहण हो । यो ग्रहण नेपाली समयअनुसार बिहान ११:१५ मा प्रारम्भ भएर दिउँसो ३:२२ बजे समाप्त हुनेछ । नेपालमा यो ग्रहण नदेखिने हुँदा यसका लागि केही गरिरहनु पर्दैन । यसपटक पश्चिम अन्टार्कटिकाको पूर्वदेखि पश्चिमसम्म पूर्ण सूर्यग्रहण देखिनेछ भने उत्तरी अमेरिका, युरोप तथा एसियाको उत्तरी भागमा आंशिक सूर्यग्रहण देखिनेछ ।

हिन्दु मान्यताअनुसार यो सूर्यग्रहणको प्रभाव खासगरी वृश्चिक राशि तथा अनुराधा र ज्येष्ठा नक्षत्रमा सबैभन्दा बढी पर्नेछ । यो सूर्यग्रहणको समयमा सूर्य र चन्द्रमा दुवै वृश्चिक राशिमा रहनेछन् । सूर्य ग्रहणमा ध्यान दिनुपर्ने कुरा गर्भवती महिलाहरुले ग्रहण हेर्नबाट जोगिनुपर्छ ।

ग्रहणको समयमा मनमनै आफ्ना इष्ट देवको आराधना गर्न सकिन्छ । सूर्यग्रहणका समयमा ‘ॐ आदित्याय विदमहे दिवाकराय धीमहि तन्नो : सूर्य: प्रचोदयात’ मन्त्र जप्नु फलदायी मानिन्छ ।

ग्रहण लाग्नु पहिले खाने-पिउने सामानमा तुलसीको पात राखेर छोपिदिने चलन पनि छ । ग्रहणको समयमा खाना पकाउनु तथा खानु हानिकारक मानिन्छ । ग्रहणकालमा भगवान्को मुर्ति स्पर्श पनि गरिदैन । शास्त्रमा ग्रहण कालमा नसुत्नु पनि भनिएको छ ।

सूर्य ग्रहण कति प्रकारका हुन्छन् ?

पूर्ण सूर्य ग्रहण, आंशिक सूर्य ग्रहण र वलयाकार सूर्य ग्रहण गरी तीन प्रकारका सूर्य ग्रहण हुन्छन् । यो ग्रहण पृथ्वी र सूर्यका बीच चन्द्रमा आएका कारणले लाग्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.