मंगलबार सुनचाँदीको मूल्य घट्यो
१५ भदाै, काठमाडाैँ । सुन चाँदी दुबैको मूल्य मंगलबार नेपाली बजारमा घटेको छ ।दुई कारोबार दिन देखि निरन्तर स्थीर बनेको सुनको मूल्य मंगलबार तोलामा ४०० र चाँदी ५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार २०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ७०० रुपैयाँ र चाँदीको भाउ १ हजार २०५ रुपैयाँ कायम गरिएको छ ।
सोमबार छापावाला सुन तोलाको ९१ हजार ६०० रुपैयाँ, तेजावी ९१ हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।