Advertisement

पाटनको कृष्ण मन्दिर काेराेनाका कारण कृष्णाष्टमीका दिन याे बर्षपनि बन्द

0 1,037

Advertisement

१४ भदाै, ललितपुर । काठमाडौँ उपत्यकाका तीन शहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटनको मङ्गलबजारमा अवस्थित कृष्ण मन्दिर यस वर्ष पनि बन्द गरिएको छ ।

हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने गरेकोमा कोरोना भाइरसको महामारीका कारण यो वर्ष पनि मन्दिर बन्द नै गरिने भएको छ भने मेला पनि हुन निदइने भएको छ ।

सङ्क्रमण फैलने डरका कारण भक्तजनलाई मन्दिर प्रवेश गराइ कृष्णको दर्शन गर्न नदिने मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताए ।

उनले भने, ‘आवश्यक अनि सीमित व्यक्ति बसेर भगवानको पूजापाठ आदि कर्म गर्नेछौँ । मन्दिर दिनभरि खुला रहन्छ तर मानिसलाई भने भित्र छिर्न दिन्नौँ ।’

यही भदौ १ गते ललितपुरका विभिन्न गुठी तथा जात्रा अनि पर्व चलाउने व्यक्तिसँग बसी यो वर्ष आउँदा पर्वमा मात्र विधि गर्ने छलफल भइसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘रोगको ख्याल गरी कहीँकतै भीड हुन दिने छैनौँ ।’

कृष्णाष्टमी पर्व साङ्केतिकरुपमा मात्र अघि बढाउने सहमति जुटेकाले भिडभाड हुन नदिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.