मुला बेचेर करोडपति
१४ भाद्र, काठमाडौं । पाँचथरको फिदिम नगरपािलका ३ का सिम्लेका सन्तबहादुर मुखियालाई आफ्नो बारीमा उत्पादन भएको मुला बेचेर यो वर्ष ३ लाख रुपैयाँ कमाए । छोटो समय र कम मिहनेतबाटै राम्ररी मुला उत्पादन गर्न सकिने भएकाले मुलाबाट छिटो र राम्रो आम्दानी हुने गरेको हो ।
बारीमा छरेको ९० दिनमा मुला उत्पादन हुन्छ, मुखियाले भने, एक वर्षमा तीन सिजन मुलाको खेती गर्न सकिन्छ । मुखियाले तीन सिजनमा उत्पादन भएको मुला बेचेर ३ लाख रुपैयाँ हात पारेका हुन् ।
फिदिमको लालीखर्क, सुकेपोखरी, सिलौटी, इथुङ र फाल्गुनन्द गाउापालिकाको केही भागमा मुलाको व्यवसायिक खेती गरिएके छ । पाँचथरका करिब ३० हजार किसानले मुला खेती गरेर मनग्य आम्दान लिन थालेका छन् । किसानले बारीबाटै प्रतिकिलो १२ रुपैयाँको दरले मुला बिक्री गर्छन् ।
यो क्षेत्रबाट दैनिक १५ पिकअप (गाडी) मुला निर्यात हुने अनुमान गरिएको छ । एउटा पीकअपबाट २ हजार ४ सय किलो मुला निर्यात हुन्छ ।
यसरी हेर्दा पाँचथरबाट दैनिक ३६ लाख किलो मूला निर्यात हुने गरेको छ । प्रतिकिलो १२ रुपैयाँले मुला निर्यात हुँदा दैनिक ४ लाख ३२ हजार रुपैयाँ किसानको हातमा पर्ने गरेको छ ।
यसरी हेर्दा एक सिजनमा १ करोड २९ लाख ६० हजार रुपैयाँ हाराहारीमा पाँचथरबाट मुला निर्यात अुने गरेको छ । अन्नपूर्ण