Advertisement

इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो

0 608

Advertisement

०७ भदाै, सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ । गए राति ९ बजे गएको पहिरामा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिनुभयो ।

अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिनुभयो ।निरन्तरको वर्षापछि आएको पहिराले मेलम्ची भेताङग जोड्ने मोटरबाटोमा पनि क्षति पुगेको छ । यस क्षेत्रमा पैदल हिँड्न्समेत अति डरमर्दो अवस्था रहेको भुजेलले बताउनुभयो ।

असार १ र त्यसपछिका बाढीपहिराले यस सडकमा यातायातका साधन चलेका छैनन् । पहिरो ठूलो भएको, पुल बगाएको तथा जताततै सडक क्षति भएकाले मर्मतमा समस्या भएको गाउँपालिकाले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.