Advertisement

देशभर अझै ५६ जिल्लामा निषाेधाज्ञा कायमै

0 949

Advertisement

०४ भदाै, काठमाडाैँ । कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर रोक्न लागू गरिएको निषेधाज्ञा हाल ५६ जिल्लामा मात्र लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । जसमध्ये १३ जिल्लामा अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको गृहले जनाएको छ ।

चैत दोस्रो सातादेखि शुरु भएको कोरोना महामारीको दोस्रो लहर रोक्न सरकारले गत वैशाखदेखि विभिन्न मितिबाट लागू हुने गरि जारी गरेको निषेधाज्ञा हाल ५६ जिल्लामा मात्र लागू भएको गृहले जनाएको हो ।

गृह मन्त्रालयका अनुसार बाँके, पर्सा, दाङ, बागलुङ, सल्यान, प्यूठान, पर्वत, बैतडी, दैलेख, महोत्तरी, रोल्पा, म्याग्दी र मुगु जिल्लामा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

त्यस्तै सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, काभ्रेपलाञ्चोक, गोरखा, उदयपुर, मकवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप, नुवाकोट, धनुषा र अर्घाखाँचीमा निषेधाज्ञा लागू गरिएको छ ।

गृहका अनुसार डोटी, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, सिरहा, नवलपरासी पश्चिम, इलाम, सिन्धुपाल्चोक, धनकुटा, अछाम, धादिङ, रौतहत, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, ओखलढुंगा, पाँचथर र तेह्रथुममा निषेधाज्ञा जारी रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकालगायत तराईका विभिन्न जिल्लामा पाँच सय र पहाडी जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित फेला परेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको विवरणमा प्रदेश १ को मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा र स्याङ्जा, लुम्बिनी प्रदेशको दाङ र रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा पाँच सयभन्दा माथि सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै प्रदेश १ को धनकुटा र इलाम, प्रदेश २ को धनुषा, बारा, सप्तरी र सिराहा, बागमती प्रदेशको धादिङ, सिन्धुली र रामेछाप, गण्डकी प्रदेशको तनहुँ, लमजुङ र पर्वत, लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा, बाँके र बर्दिया, कर्णाली प्रदेशको जुम्ला र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा दुई सयभन्दा माथि सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणको दोस्रो चरणको लहरका कारण सङ्क्रमितको सङ्ख्या फेरि बढ्दै गएपछि अकालमै ज्यान गुमाउनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।

शुक्रबार तीन हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं, भदौ ५ गते । कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर रोक्न लागू गरिएको निषेधाज्ञा हाल ५६ जिल्लामा मात्र लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । जसमध्ये १३ जिल्लामा अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको गृहले जनाएको छ ।

चैत दोस्रो सातादेखि शुरु भएको कोरोना महामारीको दोस्रो लहर रोक्न सरकारले गत वैशाखदेखि विभिन्न मितिबाट लागू हुने गरि जारी गरेको निषेधाज्ञा हाल ५६ जिल्लामा मात्र लागू भएको गृहले जनाएको हो ।
गृह मन्त्रालयका अनुसार बाँके, पर्सा, दाङ, बागलुङ, सल्यान, प्यूठान, पर्वत, बैतडी, दैलेख, महोत्तरी, रोल्पा, म्याग्दी र मुगु जिल्लामा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरएको छ ।

त्यस्तै सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, काभ्रेपलाञ्चोक, गोरखा, उदयपुर, मकवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप, नुवाकोट, धनुषा र अर्घाखाँचीमा निषेधाज्ञा लागू गरिएको छ ।

गृहका अनुसार डोटी, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, सिरहा, नवलपरासी पश्चिम, इलाम, सिन्धुपाल्चोक, धनकुटा, अछाम, धादिङ, रौतहत, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, ओखलढुंगा, पाँचथर र तेह्रथुममा निषेधाज्ञा जारी रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकालगायत तराईका विभिन्न जिल्लामा पाँच सय र पहाडी जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित फेला परेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको विवरणमा प्रदेश १ को मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की बागलुङ, गोरखा र स्याङ्जा, लुम्बिनी प्रदेशको दाङ र रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा पाँच सयभन्दा माथि सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै प्रदेश १ को धनकुटा र इलाम, प्रदेश २ को धनुषा, बारा, सप्तरी र सिराहा, बागमती प्रदेशको धादिङ, सिन्धुली र रामेछाप, गण्डकी प्रदेशको तनहुँ, लमजुङ र पर्वत, लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा, बाँके र बर्दिया, कर्णाली प्रदेशको जुम्ला र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा दुई सयभन्दा माथि सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कोरोना सङ्क्रमणको दोस्रो चरणको लहरका कारण सङ्क्रमितको सङ्ख्या फेरि बढ्दै गएपछि अकालमै ज्यान गुमाउनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ । शुक्रबार तीन हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.