Advertisement

नम्बर प्लेट बदलेर मोटरसाईकल चोरेको आरोपमा युवक पक्राउ

0 1,210

Advertisement

०४ भदाै, काठमाडाैँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट बदलेर मोटरसाईकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश०२-०१२ प ७०६६ नम्वरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा गंगबुबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका-२, बोदल घर भई हाल दक्षिणढोका काठमाडौं बस्‍दै आएका २२ वर्षीय तेज थापा मगर रहेको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश३-०२- ०१० प ९४४६ खुल्न आएको छ ।

पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत्त, नयाँबानेश्‍वर पठाइएको महाशाखाका प्रवक्ता एसपी संजीव शर्मा दासले जानकारी दिए ।

उक्त नम्बरको मोटरसाईकल १० दिन अगाडीमात्र काठमाण्डौ, पेप्सीकोलाबाट हराएकोले खोजतलास गरी पाउँ भनी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका -३ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा निवेदन दिएका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.