Advertisement

एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई कूटनीतिक संवादको माध्यमबाट हल गर्नुपर्छ : प्रचण्ड

0 620

Advertisement

३० साउन, काठकाडाैँ । नेकपा (माओवादी केन्द्र)को शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका छन्। प्रस्तावमा उनले एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई कूटनीतिक संवादको माध्यमबाट हल गरिने उल्लेख गरेका छन्।

‘एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीति अनुसार कूटनीतिक संवादको माध्यमबाट हल गर्ने प्रयत्न गरिने छ’, प्रचण्डको प्रतिवेदनमा उल्लेख छ।

प्रचण्डको प्रतिवेदनमा नेकपा गठन गर्नु ठीक भएता पनि केपी शर्मा ओलीको कारण विघटन हुन पुगेको उल्लेख छ। ‘तत्कालीन माओवादी केन्द्र र एमालेबीच भएको एकता वस्तुतः सही हुँदाहुँदै पनि केपी ओली र उनको गुटमा देखा परेको अहंकार, दम्भ, पदलोलुपता, राष्ट्रिय आत्मसमर्पणवाद र लक्षिणपन्थी अवसरवादका कारण नेकपा विघटन हुन पुग्यो’, प्रचण्डले उल्लेख गरेका छन्।

उनले नेकपाको स्वामित्व आफूहरूले लिनुपर्ने प्रस्ताव प्रस्तुत गरेका छन्। ‘नेकपाको राजनीतिक विरासत दक्षिणपन्थीहरुले बोक्न सक्दैनन्। मूलतः आफ्नै शक्तिमा भरपर्दै क्रान्तिकारी पार्टी निर्माण गर्ने र विचार वामपन्थी शक्तिहरुसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण गर्दै नेकपाको विरासत र स्वामित्व समेत हाम्रो पार्टीले लिनुपर्दछ’, प्रतिवेदनमा भनिएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.