Advertisement

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाख नजिक

0 722

Advertisement

२४ साउन,एजेन्सी । कोभिड–१९ बाट अति प्रभावित मुलुकमध्ये एशियाली मुलुक भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाखको नजिक पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

आइतबार संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ३९ हजार ७० रहेको र योसँगै अहिलेसम्म कोभिड सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या तीन करोड १९ लाख ३४ हजार ४५५ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४९१ कोभिड सङ्क्रमितको मृत्यु भएको छ । महामारी सुरू भएपछि अहिलेसम्म यहाँ मृत्यु भएका कोभिड सङ्क्रमित विरामीको सङ्ख्या चार लाख २७ हजार ८६२ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ३३१ व्यक्ति कोरोना सङ्क्रमणमुक्त बनेका छन् । योसँगै भारतभर कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख छ हजार ८२२ रहेको छ ।

भारतमा कोभिड–१९ सङ्क्रमितमध्ये तीन करोड १० लाख ९९ हजार ७७१ व्यक्तिमा कोरोना सङ्क्रमण भई निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा कोभिडको उपचार गराइरहेका ४३ हजार ९१० जना निको भई अस्पतालबाट घर फर्किएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.