Advertisement

नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज, सरकारमा जाने निर्णय गर्ला ?

0 840

Advertisement

२१ साउन, काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । आज बस्ने बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् ।

खनाल-नेपाल समूहले केन्द्रीय कमिटीबाट औपचारिक निर्णय गरेपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको काम थाल्ने तयारी गरेका छन् ।

देउवालाई विश्वासको मत नदिएका खनाल-नेपाल समूहका नेताहरू सरकारमा जान नहुने पक्षमा छन् । उनीहरूले पार्टी एकता गरेर जानुपर्नेमा जोड दिइरहेका छन् । तर, तेस्रो तहका नेता तथा सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने भन्दै नेता नेपाललाई दबाब दिइरहेका छन् ।

यही द्वन्द्वकाबीच औपचारिक निर्णय गर्न खनाल-नेपाल समूहले केन्द्रीय कमिटी बैठक डाकेको हो । खनाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने छ ।

खनाल-नेपाल समूह सरकारमा सहभागी भए खनाल-नेपाल समूह र माओवादी केन्द्रलाई बराबरी ६/६ मन्त्रालय बाँड्ने तयारी भएको छ । जसपालाई ४ तथा कांग्रेसलाई ८ मन्त्रालय पर्ने देखिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.