Advertisement

महाकाली: छानविन गर्न सरकारले बनायो पाँच सदस्यीय समिति, १० दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

0 2,414

Advertisement

१७ साउन, काठमाडौँ । तुइनबाट महाकाली नदी तर्ने क्रममा खसेर वेपत्ता भएका दार्चुलाका जयसिंह धामीको घटना छानविनका लागि गृह मन्त्रालयले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाणले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका हुन् ।

छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशन हुतराज थापा, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक जिल्ला अधिकारी ज्योत्स्‍ना भट्ट सदस्य छन् ।

यस समितिले उक्त घटनाको छानविन गरी सत्यतथ्य सहित १० दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ । यसअघि नेकपा एमाले, माओवादी केन्द्र लगायत पार्टीले दार्चुलाको घटना छानविन गर्न माग गरेका थिए । स्थानीयहरुले भारतीय सीमा सुरक्षा बलको लापरवाहीका कारण जयसिंह धामी महाकालीमा खसेर वेपत्ता भएको आरोप लगाउँदैआएका छन् ।

भारतीय प्रशासनले भने पत्र पठाएर यस घटनामा भारतीय पक्षको कुनै संलग्नता नरहेको बताएको छ । दार्चुलास्थित जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुले पनि यस घटनाको छानविन नगरिकन यकिन भन्न नसकिने प्रतिक्रिया दिएका छन् ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाणले देशभर संचालनमा रहेका तुइन हटाउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाणले देशभर तुइन भएका स्थानमा तुइन हटाएर झोलुङ्गे पुल निर्माणको कामलाई तिब्र बनाउन उनले निर्देशन दिएका हुन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.