Advertisement

नागरिक दैनिकमा कार्यरत जिल्ला सम्वाददाता तथा स्ट्रीन्जरहरूलाई पारिश्रमिक उपलब्ध नगराएकोप्रति महासंघको ध्यानाकर्षण

0 433

Advertisement

१३ श्रावण, काठमाडाैं । नेपाल रिपब्लिक मिडियाद्वारा सञ्चालित नागरिक दैनिकमा कार्यरत झण्डै ३ दर्जन जिल्ला सम्वाददाता तथा स्ट्रीन्जरहरूलाई व्यवस्थापन पक्षबाट झण्डै ३ वर्षदेखिको पारिश्रमिक उपलब्ध नगराएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

पारिश्रमिक उपलब्ध गराउन माग गर्दै नागरिक दैनिकमा कार्यरत जिल्ला सम्वाददाता तथा स्ट्रीन्जरहरू काठमाडौं सुन्धारास्थित पत्रिकाको कार्यालयमा अनसनरत रहेका छन् । पत्रकारहरूको उक्त अनसनमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी सहभागी भई ऐक्यवद्धता जनाउनु भएको छ ।

एउटा प्रतिष्ठित मिडिया हाउसबाट लामो समयदेखि पत्रकारहरूलाई काम लगाएर पारिश्रमिक उपलब्ध नगराउनु दुःखद् पक्ष हुनुका साथै श्रमजीवी पत्रकार ऐनविपरीत हुने महासंघको ठहर छ । महासंघ श्रमजीवी पत्रकार ऐनअनुसारको सबै सेवा–सुविधासहित अनसनरत पत्रकारहरूको बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन पत्रिका व्यवस्थापन पक्षसँग माग गर्दछ । अन्यथा महासंघ यसविरुद्ध दबाबमूलक संघर्षका कार्यक्रममा उत्रन बाध्य हुने चेतावनी दिन चाहन्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.