‘तिमी छौ र’को साथमा आए हिमाल सागर ( भिडियो )
१३ श्रावण, काठमाडौं । ‘तिमी छौ र’ बोलको बिल्कुलै नयाँ रोमाण्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक हिमाल सागरको यस गीतमा स्वर, शब्द र संगीत रहेको छ।
मायालु प्रतिको प्रेम भाव प्रस्तुत गरिएको यस गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन्। अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियो निकै आकर्षक र स्तरिय बनेको छ। भिडियोमा शैलेश घलेको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।
हाल अमेरिकामा रहेकी नन्दिता केसी धेरै पछि भिडियोमा देखिएकी छिन्। उनलाई पहिलोपटक भिडियोमा डेब्यु गरेका व्यवसायीपुर्ण लम्सालले साथ दिएका छन्। पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले यस गीतलाई हेरेर माया गरिदिन सम्पुर्ण दर्शक स्रोतालाई आग्रह गरेका छन्।
भिडियो: