Advertisement

‘संसाक साहित्यिक सम्मान–२०७८’ घोषणा, छ जनालाई सम्मान गरिने

0 659

Advertisement

०७ साउन, काठमाडौं । संस्कृति, साहित्य र कलाको लेखन, प्रकाशन र प्रसारण गर्दै आएको संसाक मासिकले ‘संसाक साहित्यिक सम्मान–२०७८’ घोषणा गरेको छ । संसाक मासिकले हरेक वर्षझैँ यस वर्ष पनि समीक्षा, काव्य, कविता, मुक्तक, नियात्रा र शीत विधामा कलम चलाउँदै आएका स्रष्टालाई सम्मान गर्न लागेको हो ।

संसाकयात्री नियात्रा सम्मानबाट रञ्जुश्री पराजुली (काठमाडौँ), संसाक अनामणि समीक्षा सम्मान अरुणबहादुर खत्री ‘नदी’ (काठमाडौँ), संसाक भद्रकुमारी केसी मुक्तक, हाइकु सम्मान अमित घिमिरे (सिन्धुपाल्चोक), संसाक तेज शोभा काव्य सम्मान रेनु थापा ‘मौनता’ (काठमाडौँ), संसाक कर्ण शीत सम्मान देवेन्द्रराज शाक्य (बुटवल) र संसाक गोपालराज मैयादेवी पाण्डे साहित्य सम्मानबाट साहित्यकार मेनुका चापागाईं (मोरङ)लाई सम्मान गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान अध्यक्ष तथा साहित्यकार राधेश्याम लेकालीको संयोजकत्वमा मुक्तककार जसध्वज गुरुङ र पद्यकन्या बहुमुखी क्याम्पसका उपप्राध्यापक अनुपमा रेग्मी सदस्य रहेको समितिले उक्त पुरस्कार तथा सम्मानका लागि स्रष्टाहरु चयन गरेको हो ।

सम्मान वितरण कार्यक्रमका लागि कोरोना भाइरसको अवस्थालाई ध्यानमा राखेर उपयुक्त समय र स्थानको छनोट गरिने संसाक मासिकका सम्पादक एवं प्रकाशक उमेश पाण्डेले राससलाई जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.