Advertisement

पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु, दुईको उद्धार

0 457

Advertisement

०७ श्रावण, नेपालगञ्ज । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका तीन युवाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका –११, सदरलाइनका १८ वर्षीय रसिद जसगढ, १७ वर्षीय अरमान जसगढ र १८ वर्षीय आरिस जसगढ रहेका छन् ।

उनिहरुसँगै रहेका ईरफान जसगढ र अहमन जसगढलाई प्रहरीले उद्धार गरेर जोगाउन सफल भएको कोहलपुरका डिएसपी खनालले बताउनुभयो ।

मुस्लिम समुदायको महान पर्व बकराईदका दिन कोहलपुर, १० मा रहेको उक्त स्थानमा रमाइलो गर्ने उदेश्यले नेपालगञ्ज ११ बाट गएका पाँचजना युवा बुधबार दिउँसो पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा युवा डुबेको खबर पुग्ने वित्तिकै कोहलपुर प्रहरीको टोलीले त्यहाँ पुगेर खोजी गर्दा तीन जना मृत अवस्थामा फेला पारेका थिए ।

प्रहरीले आवश्यक प्रक्रिया पु।याएर तीनै जनाको शवलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको पनि ईलाका प्रहरी कार्यालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.