Advertisement

खोप ल्याउन निगमकाे नयाँ तालिका, जहाज आज बेइजिङ उड्दै

0 552

Advertisement

०६ साउन, काठमाडौं । चीनसँग खरिद गरिएकाे ‘भेरोसेल’खोप ल्याउन दोस्रो पटक नेपाल वायु सेवा निगमको जहाज आज राती ११ बजे वेइजिङ उड्ने भएको छ । गत विहिबारनै खोप ल्याउन बेइजिङ उड्ने तालिका तय भए पनि चीनले तयारी नपुगेको भन्दै छ दिन रोक्न भने पछि बुधबार (आज) जहाज त्यसतर्फ जान लागेको निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले बताउनुभयो ।

निगमको बुधबार चार वटा डिपाचर हुने छ त्यसमा वेइजिङ पनि ११ बजे वाइडवडी ३३० बेइजिङतर्फ प्रस्थान गर्ने उहाँले बताउनुभयो । निगमले खोप ल्याउनका लागि बुधबार, विहिबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ ।

यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो , भने भोलि साेही संख्यामा खोप ल्याउने जनाएको छ । सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुँवानी गर्ने छ जसमा प्रतिवक्स ४६ डोज खोप हुनेछन् ।

सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत खोप ल्याएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.