Advertisement

प्रधानमन्त्री देउवाद्वारा विभिन्न खोप केन्द्रको निरीक्षण

0 169

Advertisement

०४ श्रावण, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एण्ड जोनसनको खोप लगाउने कार्यको थालनी गर्नु भएको छ ।

यसै क्रममा प्रधानमन्त्री देउवाले साेमबार काठमाडौंका विभिन्न खाेप केन्द्रहरुमा भइरहेको खोप लगाउने कामको स्थलगत अनुगमन गरी रहनु भएको छ । उहाँले आजै विहान नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीस्थित खोप केन्द्रको अवलोकन गर्नुभएको थियो ।

उहाँले हिजो प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा आफ्नो पहिलो प्राथमिकता आम जनतालाई खोप उपलब्ध गराउने रहेको बताउनु भएको थियो ।

जोन्सन एण्ड जोन्सन खोप वैज्ञानिक हिसाबले एक मात्रा मात्र लगाए पुग्ने खोप हो । यो खोप स्वास्थ्य मन्त्रालयको खोप भण्डारसँग मिल्दोजुल्दो छ, दुईदेखि आठ डिग्री सेन्ट्रिग्रेटमा राख्न मिल्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.