भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवालाई दिए बधाई
०४ श्रावण, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाधई दिएका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले देउवालाई बधाई दिएका हुन् ।
मोदीले ट्वीट मार्फत बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनले नेपाल र भारतबीचका सबै क्षेत्रमा अद्वितीय साझेदारी बृद्धि गर्न र जनताबीचको गहिरो सम्बन्ध सुदृढ गर्न देउवासँग काम गर्न चाहेको उल्लेख गरेका छन् ।
देउवाले आइतबार संसदमा १६५ सांसदहरुको मतसहित विश्वासको मत पाएका थिए ।