Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

ओलीले दिए देउवालाई बधाई, २२ जना एमालेका सांसदले दिए विश्वासको मत

0 87

०४ साउन, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रममा सहभागी नभएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्मै देउवालाई बधाई दिएका छन् । ओलीले प्रधानमन्त्री देउवासँग हातसमेत मिलाएर ल बधाई छ भनेका थिए ।

यसअधि नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने नेपालनिकट १० सांसद तटस्थ बसेका छन् ।

यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरेका छन् । देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

यीमध्ये केही सांसदहरू गत वैशाख २७ गतेमात्रै ओली समूहमा गएका थिए ।

यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका नेपाल समूहका सांसदहरू तटस्थ बस्ने भन्दै संसद भवनबाट बाहिरिएका थिए । झपट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढालगायत सांसदहरू संसद भवनबाट निस्किएका हुन् ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले पनि देउवालाई विश्वासको मत दिए । उपेन्द्र यादव पक्षले त पहिलै देउवालाई मत दिने भनिसकेको थियो । राप्रपाका एक सांसदले विपक्षमा मतदान गरे भने जनमोर्चाका एक सांसदले पक्षमा मतदान गरे । नेमकिपाका एक सांसदले पनि देउवालाई मत दिएनन् ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.