Advertisement

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिँदै

0 224

Advertisement

०३ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मतका लागि प्रस्ताव गरेका छन् ।सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुनःस्थापना गरेपछि पहिलो बैठक बस्न लागेको आजको बैठकमा विश्वासको मतको प्रक्रिया अघि बढाउने तयारी भएको छ ।

विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटामार्फत संसद सचिवालयमा दर्ता गराएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आजै बस्ने दोश्रो बैठकमा संविधान बमोजिम विश्वासको मत लिने छन् ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले साउन २९ भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्राबधान छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.