Advertisement

राप्ती गाउँपालिका पुण खोप बालबालिका युक्त पालिका घोषणा

0 550

Advertisement

०२ असार, राप्ती । राप्ती गाउँपालिका पूणर् खोप बालबालिका युक्त पालिका घोषणा भएको छ ।

राप्ती गाउँपालिका पूणर् खोप समन्वय समितिले गत असार २१ गते पूणर् खोप युक्त पालिका घोषणा सिफारीस गरेकोमा राप्ती गाउँपालिकाका १५ महिना भित्रका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार लिनुपर्ने सम्पुणर् खोप लिएको अवस्था पाईएकोले जिल्ला जनस्वास्थ्य कार्यालय दाङले प्रमाणीकरण प्रक्रिया पुरा गर्दै विहिवार यस आर्थिक वर्ष २०७७।७८मा पूणर् खोप बालबालिका युक्त पालिका घोषणा गरेको स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।

‘स्थानीय स्थायित्व र सहभागिता, पूणर् खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल उदेश्यका साथ राप्ती गाउँपालिका पुणर् खोप सुनिश्चितता तथा दिगोपना भएको कारण जिल्ला जनस्वास्थ्य कार्यालय दाङद्धारा राप्ती गाउँपालिका पूणर् खोप युक्त पालिका घोषणा गरिएको हो ।

विहिवार घोषणा सभामा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत बहादुर शाहि, जनप्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारीको सहभागीतामा कोरोना भाइरसको त्रासका बीचपनी स्वास्थ्य कर्मीको उच्च मनोवलका साथ खोप लगाउने कामसम्पन्न गरेकोमा सम्मान गर्दै राप्ती गाउँपालिकालाई पूणर् खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा गरिएको हो ।

सरकारले सबै लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्रै राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार पुणर् खोप प्राप्त गरी विभिन्न रोगहरुबाट सुरक्षित हुन सकून् भन्ने अभिप्रायले पूणर् खोपको अवधारणा शुरु गरेको हो । यस कार्यक्रममा खोपबाट छुट भएका सबै बालबालिकालाई पूरा खोप पाउने वातावरण सिर्जना गरी २३ महिना भित्र पुणर् खोप लगाईने स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।

घोषणा कार्यक्रममा कोरोना त्रास विच सामाजिक दुरी कायम गर्दै खोप लगाउने कार्यमा सहयोग पराउने ९ वटै वडा पुणर् खोप समन्वय समिति संयोजक र सदस्य सचिव लाई समेत सम्मान गरिएको छ ।

९ वटै वडा पुणर् खोप समन्वय समितिका संयोजक तथा स्वास्य कर्मी तारा बहादुर डिसी,रमा पौडेल, जगत बहादुर थापा,कमला न्यौपाने, चन्दर चौधरी, पुनम कुमाल,विष्णु बहादुर घर्ति क्षेत्रि, जानकी रोका, गोवर्धन रावत, कन्या चौधरी, बेद प्रसाद चौधरी, चन्दा चौधरी, विद्याशरण चौधरी, गोकणर् बहादुर राना, रिम बहादुर सुनारी, यज्ञ बहादुर कार्की लाई प्रमाण पत्र सहित सम्मान समेत गरिएको छ ।

राप्ती गाउँपालिका पूणर् खोप युक्त पालिका घोषणा भएको प्रमाण स्वरुप जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत बहादुर शाहिले राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीलाई प्रमाण पत्र समेत प्रदान गर्नु भएको छ ।
यो पूणर् खोप युक्त पालिका हरेक वर्षको खोप कार्यक्रमले निर्धारण गर्ने गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.