Advertisement

घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले उचाल्याे युरोपेली च्याम्पियनसिप २०२० को उपाधि

0 848

Advertisement

२८ असार, एजेन्सी । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।

यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो ।

इंग्ल्यान्ड भने पहिलो पटक युरोकपको उपाधि जित्न असफल भएको छ ।

पहिलो हाफको सुरुवातमा नै अग्रता लिएको इंग्ल्यान्डले बल पोसेसनमा पकड जमाउँदै इटालीलाई खुलेर खेल्न दिएको थिएन । दोस्रो हाफमा थप आक्रामक देखिएको इटालीले सेट पिसमा गोल फर्काएपछि खेल पुन: प्रतिस्पर्धात्मक देखिएको थियो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो ।

टाइब्रेकरमा पहिलो प्रहार गर्न आएका इटालीका डोमेनिको बेरार्डीले सहजै गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि आफ्नो पेनाल्टीमा कुनै गल्ति गरेनन् । दोस्रो प्रहारमा आन्द्रीए बेलोट्टीको प्रहार पिकफर्डले बचाएपछि इंग्ल्यान्डले अघि बढ्ने अवसर पाएको थियो । ह्यारी मगाएरले शक्तिशाली प्रहार टप कर्नरमा गोल गरेपछि इंग्ल्यान्ड अघि बढेको थियो ।

तेस्रो प्रहारमा इटालीका लिओनार्दो बोनुचीले गोल गरे । लगत्तै मार्कस रासफर्डको प्रहार पोस्टमा लागेर बाहिरिंदा खेल बराबरीमा पुगेको थियो । चौथो प्रहारमा बर्नार्डेसकीले सिधै प्रहारमा गोल गर्दा जेडन सान्चोले पेनाल्टीमा गोल गर्न नसक्दा इटालीले अग्रता लिएको थियो । पाँचौ प्रहारमा जर्जिन्होले गोल गर्न चुकेपनि त्यसपछि बुकायो साकाको प्रहार डोनारुम्माले बचाएपछि इटालीले ३-२ को जित दर्ता गर्दै उपाधि जित्यो ।

खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्डले लुक शाको गोलमा अग्रता लिएको थियो । इटालीको कर्नरबाट अघि बढेको इंग्ल्यान्डको काउन्टर अट्याकमा शा गोल गर्न सफल भएका थिए । दायाँ विंगबाट काइरान ट्रीपिएरले दिएको क्रसलाई शाले बायाँ भागबाट पहिलो टचमा नै गोल गरेका थिए ।

आठौं मिनेटमा इटालीका लोरेन्जो इन्सिग्नेको फ्रिकिकले वाल पार गरेपनि गोलरक्षक जोर्डन पिकफर्डलाई कुनै समस्या दिन सकेन । १४ औं मिनेटमा मेसन माउन्टको क्रसमा गोलरक्षक जियानलुइजी डोनारुम्माले सहज बचाउ गर्दै खतरा टारे ।

२८ औं मिनेटमा इन्सिगनेले इंग्ल्यान्डको रक्षापंक्ति तोडेपनि उनको अन्तिम प्रहारले पोस्टको दिशा लिन भने सकेन । ३५ औं मिनेटमा फेडेरिको किएजाले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको प्रहारमा गोलरक्षक पिकफर्ड बिट भएपनि पोस्टभन्दा थोरैले बाहिरियो ।

इन्ज्युरी समयमा चिरो इम्मोबिलेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा डिफेन्डर जोन स्टोन्स बाधक बने । त्यसपछि दुवै टोलीले गोलको अवसर सिर्जना नगर्दा इंग्ल्यान्ड पहिलो हाफमा अग्रता जोगाउन सफल रहयो ।

दोस्रो हाफमा इटालीले सुधारिएको खेल प्रदर्शन गर्दै खेलमा फर्कियो । एकपछि अर्को आक्रमण विफल पारेको इंग्ल्यान्डले काउन्टरमा अवसर भने सिर्जना गरेको थियो । ६२ औं मिनेटमा किएजाको प्रहारमा पिकफर्डले सुन्दर बचाउ गर्दै स्कोर परिवर्तन हुन दिएनन् । अर्कोतर्फ डोनारुम्म़ाले स्टोन्सको हेडर बचाएका थिए ।

६७ औं मिनेटमा इटालीले बोनुचीको गोलमा खेल बराबरी गर्यो । बेरार्डीको कर्नरमा भेराट्टीको हेडरलाई पिकफर्डले बचाएपनि पोस्टमा लाग्दै फर्केको बलमा बोनुचीले कुनै गल्ती गरेनन् । इंग्ल्यान्डको डिफेन्सले क्लिअर गर्न नसकेको सेट पिसमा इटाली खेलमा फर्किएको थियो ।

७४ औं मिनेटमा इटालीले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । बोनुचीको लामो पासमा बेरार्डीले पेनाल्टी क्षेत्रभित्र पहिलो टचमा नै गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । डिफेन्स लाइन बिट भएर गोलरक्षक समेत अघि बढेको अवस्थामा बेरार्डीले हतारमा गरेको प्रहार बाहिरिएको थियो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयको ९७ औं मिनेटमा काल्भिन फिलिप्सले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारले पोस्टको दिशा लिन सकेन । १ सय ४ औं मिनेटमा इटालीले अग्रता लिने अवसर पाएको थियो । तर क्रस बचाउने धुनमा गोलरक्षक पिकफर्ड पोजिसनबाट बाहिर रहँदा फरवार्ड आन्द्रीए बेलोट्टीले गोल गर्न सकेनन ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.