Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

प्रदेश २ सभाको बैठक पुनः सारियो

0 54

२३ असार, जनकपुरधाम । प्रदेश २ सभाको बैठक पुनः सारिएको छ । असार २३ गते बुधबारका लागि बोलाइएको प्रदेश सभाको बैठक असार २५ गतेका लागि सारिएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।

गत असार १ गते प्रस्तुत भएको आर्थिक बर्ष २०७८/७९ को बजेटमा प्रदेश सभा बैठक बस्न नसक्दा छलफल शुरु हुन सकेको छैन । बजेट प्रस्तुत भएकै दिन बसेको दोस्रो बैठक नेकपा एमाले र माओवादी केन्द्रका सासदले अवरुद्ध गरेका थिए ।

उनीहरुले संसदीय विकास क्षेत्रको बजेट बढाउनुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दा असार १५ गतेका लागि बैठक तय गरिएको थियो । तर, कुरा नमिल्दा १५ गतेको बैठकलाई २३ गतेका लागि सारिएको थियो । अब २५ गते बैठक बस्नेछ ।

चालु आर्थिक बर्षको बजेट खर्च गर्ने अन्तिम समय रहेकाले सबै सांसद आफ्ना योजनालाई हेर्ने र कार्यालयमा पनि चाप रहने भएकाले बैठक सारिएको प्रदेश सभा सचिव यादवले बताए ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.