Advertisement

ढोरपाटनको प्रचारका लागि ‘मिडिया मिसन’

0 687

Advertisement

२१ असार, बलेवा । पर्यटकीयस्थलको प्रचारप्रसार र आर्थिक गतिविधि सञ्चालनमा सहयोग गर्न बागलुङको ढोरपाटन नगरपालिकाले मिडिया मिसन शुरु गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि ढोरपाटन नगरपालिका क्षेत्रमा रहेका सञ्चारमाध्यमको सहायता लिएर पर्यटकीय क्षेत्रको प्रचार थालिने भएको हो ।

पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनका लागि ‘मिडिया मिसन, गन्तव्य ढोरपाटन’ कार्यक्रम सञ्चालन गर्न थालिएको नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो । “पर्यटकीय क्षेत्रको प्रचार र सञ्चारमाध्यमको सबलीकरण दुवै लक्ष्य राखेका छौँ”, नेपाली भन्नुहुन्छ, “हाम्रो विकासको आधार कृषि र पर्यटन नै हो ।”

नगरभित्रका पर्यटकीयस्थल र क्षेत्रको पहिचान, खोज तथा प्रचारप्रसारका लागि स्थानीय सञ्चारमाध्यमसँग आवश्यक सहकार्य गरिने उहाँले बताउनुभयो । नगरका महत्वपूर्ण पर्यटकीय क्षेत्रको नगरपालिकाले वृत्तचित्र तयार गर्ने योजना बनाएको छ । आगामी आर्थिक वर्षको नीति कार्यक्रममा पर्यटनको पूर्वाधार विकासमा स्थानीय सङ्घसंस्था, समुदाय तथा निजी क्षेत्रको नेतृत्व तथा सहभागितालाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिइने उल्लेख छ ।

नेपालका विभिन्न पर्यटकीय स्थलमध्ये महत्वपूर्ण गन्तव्य रहेको ढोरपाटन क्षेत्रको इतिहास, भूगोल, धर्म, संस्कृति झल्किने खालका कार्यक्रम कार्यान्वयनमा ल्याइने नेपालीले बताउनुभयो । यस्तै कोभिड–१९ को महामारी रोकथाम भएमा उद्योग तथा व्यापारसँग प्रत्येक वर्ष हुँदै आएको कोजाग्रत पूर्णिमा मेला र जनैपूर्णिमा मेलाको सञ्चालनलाई निरन्तरता दिने नीति नगरले बनाएको छ ।

सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिएका मेलाले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास नगरको छ । पर्यटन प्रवद्र्धनसँग जोडिएका ढोरपाटन क्षेत्रमा रहेका महत्वपूर्णस्थल ताल, हिमाल, गुम्बा, मन्दिर जोड्ने पर्यटकीय पैदलमार्ग निर्माण गरिने व्यवस्था नीति कार्यक्रममा उल्लेख छ ।

ढोरपाटन नगरपालिकामा पर्यटन क्षेत्रलाई रोजगारी एवं आयआर्जनसँग जोड्न विभिन्न वडामा सञ्चालित घरबास (होमस्टे) लाई व्यवस्थित बनाउँदै लगिने तथा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइने भनिएको छ ।

ढोरपाटन उपत्यका ढोरबराह मन्दिर, रुद्र ताल, धोर्जेको धुरी, अर्नाकोट बयचौर क्षेत्र तथा वडा नं ४ स्थित रिखुवा, महखोला झरनालगायतका विभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा संरक्षणमा जोड दिइने भनिएको छ । नगर क्षेत्रभित्रका विभिन्न पर्यटकीय स्थानमा पर्यटकीय पदमार्ग निर्माण गर्ने, सम्भाव्यता अध्ययन गरिने नगरले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.