Advertisement

सुकेटार विमानस्थलमा नियमित उडान शुरु

0 554

Advertisement

२१असार, ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान शुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो ।

आज काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । बाह्र मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौँमै फर्किएको जनाइएको छ ।

ताप्लेजुङबाट १२ यात्रु काठमाडौँ जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुग्नुभएको थियो । मौसमका कारणले विमान अवतरण हुन नसक्दा पूर्न फुङ्लिङ बजार फर्कीएको लिम्बूले बताउनुयो ।सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ ।

तत्कालका लागि काठमाडौँदेखि ताप्लेजुङसम्म रु सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौँ रु सात हजार १९० भाडा शुल्क तोकिएको सुकेटार विमानस्थल कार्यालयले जनाएको छ । निगमले ताप्लेजुङदेखि प्रदेश नं १ राजधानी विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.