Advertisement

छ महिनामा भित्रिए ५८ हजार विदेशी पर्यटक

0 368

Advertisement

१७ असार, काठमाडौं । कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनकोसङ्ख्या निरासाजनक देखिन्छ । महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को छ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन् । वर्षको जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन् । सोही महिनामा अघिल्लो सन् २०१९ मा ४४ हजार ३६९ थियो । सन् २०२० को यही महिनामा १०२ जना मात्रै विदेशी नेपाल आएका थिए ।

बोर्डका प्रवक्ता मणि लामिछानेका अनुसार यो वर्षको जनवरीमा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७ र अप्रिलमा सबैभन्दा बढी २२ हजार ४५० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै मेमा एक हजार ४६८ र जुनमा एक हजार १४३ पर्यटक नेपाल आएका छन् । जुनमा नेपालबाट तीन हजार ६०६ विदेशी बाहिरिएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.