Advertisement

पाकिस्तानका चलचित्रकर्मीलाई आफ्नै मौलिक खालका चलचित्र बनाउन सुझाव, बलिउडलाई फलो गर्न बन्द गरौं

0 2,078

Advertisement

१७ असार, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानका चलचित्रकर्मीलाई आफ्नै मौलिक खालका चलचित्र बनाउन सुझाव दिएका छन्। पाकिस्तानको इस्लामावादमा आयोजना भएको ‘सर्ट फिल्म फेस्टिभल’को उद्घाटन गर्दै प्रधानमन्त्री खानले सुरुआतदेखि नै भारतीय चलचित्र उद्योग (बलिउड) बाट प्रेरित भएर पाकिस्तानको चलचित्र उद्योगले गल्ती गरेको बताए। उनले बलिउडबाट प्रेरित हुनु भनेको अश्लीलता फैलाउनु भएको भन्दै आफ्नै मौलिक चलचित्र बनाउन जोड दिएका हुन्।

‘बलिउडले अश्लीलता फैलाउने काम मात्रै गरेको छ। हामीले बलिउडको फलो गर्नु भनेको हामी पनि त्यही बाटोमा लाग्नु हो’, प्रधानमन्त्री खानले भनेका छन्, ‘त्यसैले बलिउडलाई फलो नगरीकन आफ्नो मौलिक र नयाँ कन्टेन्टमा जोड दिन चलचित्रकर्मीहरूलाई अनुरोध गर्दछु।’

कार्यक्रममा बोल्दै उनले भने, ‘सुरुआतमै बलिउडबाट प्रेरित भएर पाकिस्तानको फिल्म उद्योगले गल्ती गर्‍यो। परिणाम हाम्रो संस्कृतिमा देखिन थाल्यो र हामी एकअर्काको संस्कृति अनुसरण गर्न थाल्यौं। म पाकिस्तानका नयाँ फिल्ममेकरलाई भन्न चाहन्छु तपाईंको ओरिजिनल कन्टेन्ट मात्रै बिक्री हुन्छ। म नयाँ सोच र ओरिजिनालिटी हेर्न चाहन्छु।’

प्रधानमन्त्री खानले पाकिस्तानी टेलिभिजनको कामको भने तारिफ गरेका छन्। उनका अनुसार पाकिस्तानी टेलिभिजनले आफूलाई फरक ढंगबाट प्रस्तुत गरेकाले आज भारतले पनि उनीहरूको प्रशंसा गर्ने गर्दछ। उनले पाकिस्तानी टेलिभिजनहरूले जस्तै पाकिस्तानी चलचित्र क्षेत्रले पनि फरक ढंगबाट प्रस्तुत हुने बेला आएको बताए।

‘पाकिस्तानी चलचित्र उद्योग अहिले पनि बलिउड र हलिउडबाट धेरै नै प्रभावित हुँदै आएको छ। अश्लीलताको सुरुआत हलिउड हुँदै बलिउड र त्यसपछि पाकिस्तानमा भित्रिएको हो’, उनले भने, ‘अब हामी यसबाट सचेत रहनुपर्छ।’
पाकिस्तानी प्रधानमन्त्री इमरान खान प्रायः भारतसँगको आफ्नो असन्तुष्टि पोखिरहेका हुन्छन्। विभिन्न विषयमा भारतसँग असन्तुष्टि पोख्ने उनले पछिल्लो समय बलिउड चलचित्र उद्योगको आलोचना गरेका हुन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.