Advertisement

३४ बालिकाको आमा बनिन् प्रिती

0 592

Advertisement

१६ असार, एजेन्सी । कुनै समयमा बलिउडकी ‘चुलबुले’ अभिनेत्रीको पहिचान बनाएकी अभिनेत्री प्रिती जिन्टा अहिले पर्दामा टाढिएकी छन् । ‘वीर जारा’, ‘दिल चाहता है’, ‘कल हो ना हो’, ‘कोई मिल गया’ जस्ता ब्लकबस्टर फिल्म दिएकी यी अभिनेत्रीको करियर अहिले गिर्दो अवस्थामा छ ।

सायद कमैलाई थाहा होला, प्रिती ३४ छोरीकी आमा पनि हुन् । सन् २००९ मा उनले ऋषिकेशबाट ३४ अनाथ बालिकाहरु आफ्नो संरक्षणमा लिएकी थिइन् । यो निर्णय उनले आफ्नो जन्मदिनमा गरेकी थिइन् । उनी वर्षमा दुईपटक यी बालिकाहरुसँग भेट्न पुगिरहन्छिन् ।

कामको कुरा गर्दा उनको पछिल्लो फिल्म ‘भइया जी सुपरहिट’ थियो । उनी आइपिलको समयमा प्रायः आफ्नो क्रिकेट टिम किंग्स इलेवन पञ्जाबको उत्साह बढाउन स्टेडियममा उपस्थित भइरहन्छिन् ।

प्रिती हाल आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी छन् । उनले सन् २०१६ मा अमेरिकन नागरिक जीन गुडइनफसँग लसएञ्जल्समा एक निजी समारोहमा विवाह गरेकी थिइन् । उनीहरुको विवाहको तस्वीर करिब ६ महिनापछि सार्वजनिक भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.