Advertisement

सङ्क्रमण र मृत्युदर घट्दै, शनिवार ८९ प्रतिशत निको भए

0 512

Advertisement

०६ असार, काठमाडौं । केही दिनयता कोरोनाभाइरसबाट हुने दैनिक सङ्क्रमण र मृत्युदरमा कमी आउन थालेको छ भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढेको छ ।
निषेधाज्ञा लागू गरिएको करिब दुई महिनामा कोरोना सङ्क्रमण र मृत्युदर घट्न थालेको हो । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेबाट निषेधाज्ञा लागू गरिएको थियो । त्यसको करिब दुई महिनामा सङ्क्रमण र मृत्युदरमा कमीआउन थालेको हो भने सङ्क्रमण मुक्त हुनेको सङ्ख्या बढेको छ ।

जेठ महिनामा शुरुवातमा कोरोना सङक्रमणबाट दैनिक मृत्यु हुनेको सङ्ख्या दुई सयभन्दा बढी थियो भने जेठको अन्तिममा सङ्क्रम हुने दरमा कमी आएको छ । साथै निको हुने दर भने बढेको छ ।जेठ २ गते सबैभन्दा धेरै नौ हजार २४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने जेठ ४ गते सबैभन्दा धेरै २४६ जनाले सङ्क्रमका कारण ज्यान गुमाएका थिए । त्यस्तै जेठ १४ गते ९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यसयता दैनिक रुपमा ज्यान गुमाउने र सङ्क्रमण हुनेको सङ्ख्यामा कम आउन थालेको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।स्वास्थ्य मन्त्रालयको पछिल्लो एक साताको तथ्याङ्क हेर्ने हो भने मृत्यु दर दैनिक घट्दै गएको छ ।
शनिबार कोरोना निको हुने दर ८९.३० प्रतिशत रहेको छ भने मृत्युदर १.४० प्रतिशत र सङ्क्रमण दर ९.३० प्रतिशत रहेका छन् । शनिबार दुई हजार ४०१ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ३४ जनाले ज्यान गुमाएका थिए । साथै तीन हजार ६६० जना सङ्क्रमणमुक्त भएका छन् ।

शुक्रबार सङ्क्रमणका कारण ४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै १३ हजार ३७ जनाको परीक्षण गर्दा दुई हजार ७६८ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने चार हजार २० जना सङ्क्रमण मुक्त भएका छन् ।त्यस्तै बिहीबार ३९ जनाले ज्यान गुमाएका थिए । बिहीबारको मृत्युदर १.४० प्रतिशत हो । साथै १०.०२ प्रतिशतमा सङ्क्रमण देखिएको छ भने ८८.५८ प्रतिशत सङ्क्रमणमुक्त भएका छ ।बुधबार भने सङ्क्रमणका कारण ५२ जनाको मृत्यु भएको छ यो दर १.३९ प्रतिशत हो । त्यस्तै १३ हजार ८२ जनाको परीक्षण गर्दा २८ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । साथै तीन हजार ८२ जना सङ्क्रमणमुक्त भएका थिए ।

त्यस्तै मंगलबार ४१ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो मृत्युदर १.३९ प्रतिशत हो । यसैगरी सोमबार ५३ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । सोमबार १४ हजार ८१९ जनामा परीक्षण गर्दा दुई हजार ९१८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । साथै पाँच हजार १४७ जना सङ्क्रमणमुक्त भएका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार सङ्क्रमणबाट ४६ जनाको मृत्यु भएको थियो । यो मृत्यु दर १.३८ प्रतिशत हो । त्यस्तै ११.३३ प्रतिशत सङ्क्रमित भएका छन् भने ८७.२९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।यसैगरी शनिबार सङ्क्रमणबाट ६१ जनाको मृत्यु भएको छ । यो मृत्युदर १.३७ प्रतिशत हो । यसदिन तीन हजार ३८४ जनामा सङ्क्रमण पुष्टि हुँदा ६ हजार २९५ जना सङ्क्रमणमुक्त भएका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.