Advertisement

१० खेलाडीमा सिमित नेपाल ३–० गोलले पराजित

0 381

Advertisement

२९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपाली टोलीको प्रदर्शनको प्रशंसा गर्दै खुसी रहेको बताए । १० खेलाडीमा सिमित नेपाल अस्ट्रेलियाविरुद्ध ३–० गोलले पराजित भएको छ । पहिलो हाफमा दुई गोल गरेको अस्ट्रेलियाले दोस्रो हाफमा थप एक गोल गर्यो ।

अलमुताइरीले अष्ट्रेलियाजस्तो बलियो टोलीविरुद्ध खेलाडीले गरेको मिहिनेतको प्रशंसा गरे । ‘धन्यवाद मेरो खेलाडीहरुलाई । उनीहरु मेरो हिरोहरु हुन् । आजको खेल निकै कठिन थियो,’ उनले भने, ‘पहिलो हाफको सुरुवातमा नै गोल खान पुग्यौं, र दोस्रो हाफमा १० खेलाडीमा समेटिन पुग्यौं । तर खेलाडीहरुले आफ्नो मिहिनेत कम हुन दिएनन् र म यसमा खुसी छु ।’

म्याथ्यु लेकीले खेलको छैटौँ मिनेटमा नै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए । ३८ औँ मिनेटमा फ्रान कारासिकले अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्यतिर रोहित चन्दले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित बनेको थियो ।

दोस्रो हाफमा ५७ औँ मिनेटमा मार्टिन बोयलले अर्को गोल थपे । त्यसपछि पनि अस्ट्रेलियाले गोलका थुप्रै अवसर सिर्जना गरे पनि गोल भने गर्नबाट चुक्यो। खेलमा अस्ट्रेलिया नेपालमाथि हाबी बनेको थियो । नेपालले विपक्षीको पोष्टमा एउटा पनि हमला गर्न सकेन ।

हारसँगै समूहमा दुई खेल जित्दै ६ अंक बटुलेर नेपाल पुछारबाट दोस्रोमा सिमित बनेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.