Advertisement

पूर्वप्रधानमन्त्री र शीर्ष नेतासँग सभामुखको संसद्‍ भवनमा छलफल

0 935

Advertisement

२८ जेठ, काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद्‍ भवनमा पूर्वप्रधानमन्त्री र संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँगको छलफल सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले समसामियक राजनीतिक विषयमा छलफलका लागि पूर्वप्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेतालाई संसद्‍ भवनमा बोलाएका हुन्।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार छलफलका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई निम्तो गरिएको थियो ।

प्रधानमन्त्री केपी ओली छलफलमा उपस्थित भएका छैनन्। छलफलमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा.बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाललगायत नेता सहभागी छन् ।

छलफलमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भर्चुअल माध्यमबाट सहभागी भएका छन् ।

प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन्। संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका पेश गरेको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि सभामुख सापकोटाले यसलाई असंवैधानिक भनेका छन्।

गत जेठ १३ गते उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए। छलफलमा सापकोटाले जनतालाई केन्द्रबिन्दुमा राखेर असाधारण निर्णय लिनसक्ने बताएका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.