Advertisement

मनाङेले राजीनामा दिएपछि मुख्यमन्त्री गुरुङले गरे बर्खास्त

0 369

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले विश्वासको मत गुमाएपछि युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबारबाट लागू हुनेगरी मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनी बिहीबार प्रदेशसभा बैठकमा समेत अनुपस्थित भएका थिए । मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको उनको भनाइ छ ।

उता, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने मन्त्री मनाङेलाई पदमुक्त गरेका छन् । सो मन्त्रालय आफैं सम्हाल्ने जानकारीसहित मनाङेलाई पदमुक्त गरेको विषयमा उनले प्रदेश प्रमुखलाई पत्राचार गरेका हुन् ।

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदमुक्त गरेका छन् ।

युवा तथा खेलकुद मन्त्रालय आफैँले हेर्नेगरी उनले मनाङलाई पदमुक्त गरेका हुन् ।

तर, मुख्यमन्त्री गुरुङले पदमुक्त गर्नुअघि नै मनाङेले पदबाट राजीनामा दिइसकेका थिए । तर, पत्र भने मुख्यमन्त्री कार्यालयमा पुगिसकेकाे छैन । मनाङेले शुक्रबार मात्र पत्र बुझाउने छन् ।

गुरुङले विश्वासको मत लिने तय भएको बिहीबारको प्रदेश सभा बैठकमा मनाङे अनुपस्थित भएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.