Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

शनिजयन्तीको के छ धार्मिक महत्व!

0 232

२७ जेठ, काठमाडाै । आज २०७८ साल जेठ २७ गते बिहीबार जेष्ठकृष्णपक्ष अाैंसी तिथी अपरान्ह : ३ / ३७ बजेसम्म त्यस उप्रान्त जेष्ठशुक्लपक्ष प्रतिपदा तिथी अारम्भ भएकाेले याे दिन शनिजयन्ती हाे।सौराष्ट्र देशमा जन्मिएका काश्यप गोत्र भएका कालाबर्ण भएका शनिलाई पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चरलाई सौर्यमण्डलको सबैभन्दा टाढा रहेको ग्रह मानिन्छ।ज्योतिषशास्त्रमा अरुणात्मज, अर्कज, असित, आदित्यसूनु, काल, नीलवसन, मन्दग, शनि, शनि ग्रह, शनिश्चर, शनैश्चर, सौरि, सूर्यपुत्र, छायासुत र मन्द नामबाट यसको वर्णन गरिएको पाइन्छ।

शनिवार पिपलमा छोएर जल चढाउनु पर्दछ।यो दिन लक्ष्मीनारायण भगवान बस्नुहुन्छ। तर अरुदीन छोएर चढाउनु हुँदैन। किनकि भुत – प्रेत ,पिसाचको बास हुन्छ। त्यसैले नछोई जल चढाउनु पर्दछ। पिपलमा जल चढाउने मन्त्र :-

“मूलतो ब्रह्मरुपाय मध्यतो विष्णुरुपिणे।
अग्रत :शिवरुपाय अश्वत्थाय नमोनम : //

अर्थात् मूलमा ब्रह्मा ,माझमा बिष्णु ,फेदमा शिव निवास गर्नुहुने पिपल बृक्षलाई नमस्कार गर्दछु। शनिदशा हुनेहरुले शनिको वैदिक मन्त्र पाठ गर्नुपर्दछ।

“शन्नोदेविरभिष्टयsआपोभवन्तुपितये शंयोरभिस्रवन्तुन :”/
यदि वैदिक मन्त्र नआएमा तान्त्रिक मन्त्र पढ्नु पर्दछ।”

ॐ शं शनैश्चरायनम भनि २३,००० हजार जप्नु जपेर देवि पूजा गर्नुपर्दछ।सक्नेले पुरै काम गर्नुपर्दछ। नसक्नेले जप र पाठ नित्य गर्नु राम्रो हुनेछ। त्यसपछि शनिको स्तोत्र पाठ गर्नुपर्दछ।

“निलांञ्जनसमाभासं रविपुत्रं यमाग्रजम्।
छायामार्तण्डसम्भूतं तं नमामि शनैश्चरम्।।

यति गरेर बिष्णुसहश्र नाम ,हनुमान चालिसा,नारायण कवच दैनिक पाठ गरेर ग्रहको शान्तिस्वस्ती गरेमा दोष शान्ति भएर केहिले छुँदैन्। शनिद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र अर्थात् कर्मजीवन सञ्चालित भएको मानिन्छ। कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ। त्यस्तै कुण्डलीकै एकादशभावलाई आय र राज्यसुखको भाव मानिन्छ। त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्त्वपूर्ण छ।

वैज्ञानिक दृष्टिकोणमा खगोलशास्त्रअनुसार शनि ग्रहको व्यास १२०५०० किलोमिटर छ र यसले १० किलोमिटर प्रति सेकेण्डको औसत गतिले सूर्यको परिक्रमा गर्दछ। सूर्यको यसको परिक्रमावृत्तको परिधि साढे एक अरब किलोमिटर छ, जुन दूरीलाई यसले करिब २९ वर्षमा पूरा गर्दछ। यसको गुरुत्वाकर्षण शक्ति पृथ्वीभन्दा ९५ गुणा बढी छ। सौर्यमण्डलका ग्रहहरूमध्ये आकारमा बृहस्पति ग्रह मात्र यसभन्दा ठूलो छ, आफ्नो अक्षमा यस ग्रहले प्रत्येक नौ घण्टामा एकपटक यो ग्रहले परिक्रमा गर्दछ। पौराणिक मान्यताअनुसार शनि ग्रहको शिरमा स्वर्णमुकुट, घाँटीमा माला र शरीरमा नीलो रङ्गको वस्त्र धारण गरिएको हुन्छ एवं यिनको शरीर पनि इन्द्रनीलमणि समान नीलो छ। यिनको वाहन गिद्ध हो र यिनले हातमा धनुष, बाण, त्रिशूल लिएका हुन्छन्। शनिको दृष्टिलाई खराब हुन्छ भनिएको छ, देवीदेवताहरूको त के कुरा भयो र यिनका कारणले शिवजीले समेत साँढे बनेर जङ्गलजङ्गलमा भौंतारिनु परेको प्रसङ्ग पनि सुन्न पाइन्छ। रावणजस्तो शक्ति र सामर्थ्ययुक्त राजाले पनि शनिश्चरकै प्रभावकालमा मृत्युवरण गर्नु परेको प्रसङ्ग पनि यिनको महत्त्व बताउने क्रममा उल्लेख गरिन्छ। शनि भगवान् सूर्यका पुत्र हुन्, यमराज(काल) यिनका भाइ हुन् भने यमुनालाई यिनकी बहिनीका रूपमा लिइन्छ।

पुराणमा शनि ग्रहका बारेमा प्रशस्त कथाहरू प्राप्त हुन्छन्। ब्रह्मपुराणका अनुसार पिता सूर्यले यिनको विवाह चित्ररथ गन्धर्वकी छोरीसँग गरिदिए। यिनकी पत्नी परम तेजस्वी थिइन्। कुनै एकदिनको रात्रीकालमा उनी ऋतुदानको कामना गर्दै शनिसमीपमा पुगिन्, तर त्यस समय यिनी भगवान् श्रीकृष्णको आराधनामा ध्यानमग्न थिए। कामतुर पत्नीले धेरैबेर प्रतीक्षा गर्नुपर्यो र उनको ऋतुकाल निष्फल हुनपुग्यो। त्यसैले उनकी कामक्रुद्धा पत्नीले यिनलाई आफुतर्फ फर्कँदै नफर्की ध्यानमा एकोहोरिएको देखेर श्राप दिइन्- आजबाट तिमीले जसलाई हेर्नेछौ, तिम्रो दृष्टि पर्नासाथ त्यसको नाश हुनेछ। झ्वाँकमा आफ्ना पतिलाई उनले सराप्न त सरापिन् तर पछि आफुले गरेको गल्तीमा उनलाई पछुतो भयो। पत्नीको श्रापलाई प्रतिकार गर्ने सामर्थ्य र शक्ति शनिदेवमा थिएन, त्यसैले त्यसपछि भरिशक्य आफ्नो दृष्टि कसैमा नपरोस् भनेर उनी टाउको निहुर्याएर बस्नथाले। उनी आफ्नो कारणले कसैलाई पनि अनिष्ट नहोस् भन्ने चाहन्थे।

शनि ग्रहलाई शान्त तुल्याउने शास्त्रीय उपायहरू –

सामान्यतया यस दोषको निवारण निम्नानुसार गर्न सकिन्छ-

१) दैनिक रूपमा आफ्ना नित्यकर्मबाट निवृत्त भई मानसिक र शारीरिक रूपमा शुद्ध भई शुद्धवस्त्र धारण गरी शुद्धासनमा बसी भक्तिपूर्वक निम्न श्लोकको २३ पटक पाठ गर्ने -नमस्ते कोणसंस्थाय पिङ्गलाय नमोस्तुते। नमस्ते विभुरूपाय कृष्णाय च नमोस्तुते॥
नमस्ते रौद्रदेहाय नमस्ते चान्तकाय च। नमस्ते यमसंज्ञाय नमस्ते सौरये विभो॥
नमस्ते मन्दसंज्ञाय शनैश्चर नमोस्तुते। प्रसादं कुरु देवेश दीनस्य प्रणतस्य च॥
शनैश्चर नमस्तुभ्यं नमस्तेत्वथ राहवे। केतवेथ नमस्तुभ्यं सर्वशान्ति प्रदो भव।।
ॐ ऊर्ध्वकायं महाघोरं चण्डादित्यविमर्दनम्। सिहिंकाया: सुतं रौद्रं तं राहुं प्रणमाम्यहम्।
ॐ पातालधूमसङ्काशं ताराग्रहविमर्दनम्। रौद्रं रौद्रात्मकं क्रूरं तं केतुं प्रणमाम्यहम्।।

२) पितृदोषको विवेचना गर्ने क्रममा ज्योतिषशास्त्रमा मत एकै नरहे पनि मनुष्यको जन्मकुण्डलीमा राहु वा केतु सूर्य, शनि र बृहस्पतिमध्ये कुनै ग्रहसँग एउटै राशीमा उपस्थित रहँदा त्यसलाई पितृदोष नै माने चलन छ। पितृदोषको प्रभावले परिवारका सदस्यहरू मा

अन्तर्कलह, आर्थिक कष्ट, मतभेद, पितापुत्रमा मनोमालिन्य र उन्नतिमा अवरोध जस्ता कष्टहरू खेप्नु पर्दछ। त्यसैले व्यक्तिले शनि र राहुको संयोगले हुने यस अनिष्ट दोषको निवारण गर्नु आवश्यक हुन्छ। अमावस्या(औंसी) तिथिका स्वामी पितृदेवतालाई मान्ने गरिन्छ। यस दिन पितृलाई सम्झने दिन पनि हो। धार्मिक र सांस्कृतिक दृष्टिले यस तिथिलाई पितृदोष निवारण गर्ने विशेष दिनका रूपमा लिइन्छ। अमावस्या (औंसी) तिथिमा तीर्थस्नान गर्नु पर्छ। श्राद्धाधिकार भएमा तीर्थश्राद्धसमेत गर्नुपर्छ र त्यसपछि नदी, सरोवर वा पानीको स्रोत नजिकै बालुवा, माटो वा धातुको शनि, राहु र केतुको प्रतिमा बनाई ती प्रतिमालाई कालो कपडा, काला रङका पूजनसामाग्री(चन्दनाक्षतादि) र कालो कमलको फूल वा कुनै फूल चढाएर श्रमिक, मजदूर, माग्ने(भिखारी वा याचक) वा गरीवगुरुबा (सकिन्छ भने २३ को सङ्ख्यामा)लाई आफ्नो गच्छेअनुसार भोजन, वस्त्र, आभूषण, दक्षिणा आदि बाँड्नु पर्दछ। त्यसरी मूर्तिको स्थापना गर्दा मध्यभागमा शनिलाई र शनिको दायाँतर्फ राहु तथा शनिको बायाँतर्फ केतुको प्रतिमा स्थापना गर्नुपर्दछ।

माथिका उपायमध्ये कुनै एउटा उपायको अवलम्बन गरेमा शनि ग्रहको पीडाबाट मुक्तिहुने कुरा जानकारी गराउदछु।

पं- बालमुकुन्द देबकाेटा


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.